आज विश्व मधुमेह दिवस : ३५ वर्ष उमेर पुगेपछि नियमित परीक्षण गर्न डाक्टरको सल्लाह

समाचार सारांश
Auto Generated by AI
  • आज विश्व मधुमेह दिवसको अवसरमा रोगको पहिचान, रोकथाम र उपचारका लागि जनचेतना जगाइँदै छ।
  • मोटोपना र अस्वस्थ जीवनशैलीका कारण मधुमेहको जोखिम बढिरहेकाले खानपान र व्यायाममा ध्यान दिनुपर्छ।
  • गम्भीर समस्याबाट बच्न नियमित स्वास्थ्य परीक्षण गर्ने र ३५ वर्षपछि मधुमेहको जाँच गराउनुपर्छ।

आज विश्व मधुमेह दिवस,…मधुमेह नियन्त्रणका लागि समयमै पहिचान र प्रारम्भिक कदम नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले हरेक वर्ष नोभेम्बर १४ मा विश्वभर यो दिवस मनाइन्छ ।

पछिल्लो एक दशकमा उच्च आय भएका देशको तुलनामा न्यून तथा मध्यम आय भएका देशमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको छ । यसका प्रमुख कारणमध्ये बढी तौल र मोटोपना पनि रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।

अन्धोपना, मिर्गौलाले काम नगर्ने, हृदयाघात, पक्षाघातजस्ता अवस्थाको प्रमुख कारणमध्ये मधुमेह एक हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम गर्ने तथा सुर्तीजन्य पदार्थ सेवन नगरेमा टाइप–२ मधुमेह हुनबाट बच्न वा यसको जोखिम कम गर्न सकिने मधुमेह राेग  विशेषज्ञ प्रा‍‍ डा बुद्धि प्रसाद पाैड्यालले बताउनुभएकाे छ ।

मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिन्छ । मधुमेह हुनबाट बच्न स्वस्थ्य जीवनशैली अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

टाइप–१ मधुमेह छिटो विकसित हुन सक्ने भए पनि टाइप–२ मधुमेह विस्तारै विकसित हुने र शुरुमा स्पष्ट लक्षण नदेखिन पनि सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक मानिन्छ ।

३५ वर्ष उमेर पुगेपछि नियमित रूपमा मधुमेहको परीक्षण गराउनु राम्रो हुने उहाँको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीकाे दशाैं जिल्ला  अधिवेशन सम्पन्न

धन्चौर देउरालीमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न, खाँचिकोट युवा क्लब बन्यो च्याम्पियन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठव्रत समापन

प्रधानमन्त्रीको सचिवालयबाट हटाइए माधव खनाल

अमेरिकामा सञ्चार प्रणालीमा खराबी आएर रद्द हुने उडानको सङ्ख्या १० हजार नाघ्यो

- Advertisement -spot_img
-Advertisement-spot_img