आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदै

समाचार सारांश
Auto Generated by AI
  • आज तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ।
  • बेलुका सफासुग्घर पारेको घरमा दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ।
  • साँझ ६ बजेर ५२ मिनेटसम्म लक्ष्मीपूजाका लागि शुभबेला रहेको छ।

काठमाण्डौ – तिहारको तेस्रो दिन आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन बिहान पर्न गएको छ । त्यसअनुसार आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

बेलुका अर्थात् सन्ध्याकालमा घरआँगन झिलीमिली बनाएर धनधान्यकी देवी लक्ष्मीको स्वागत तथा आराधना गरिन्छ । कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ ।

सफासुग्घर घरमा मात्र लक्ष्मीको बास हुने विश्वास रहेकाले बिहानैदेखि घरका झ्याल, ढोका, सङ्घार, कोठा र कौसी सफा गरी फूलमालाले सजाइन्छ । बेलुका आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा बत्ती बालेर घरलाई झिलीमिली बनाइन्छ । दिनभर उपवास बसेर सन्ध्याकालमा स्नान गरी धनलक्ष्मी, विद्यालक्ष्मी, ऐश्वर्यलक्ष्मीलगायतको आराधना गरिन्छ ।

सूर्यास्तपछि बेलुका ६ बजेर ५२ मिनेटसम्मको समय लक्ष्मीपूजाका लागि शुभबेला मानिएको छ । लक्ष्मीपूजाका लागि कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, तस्बिर, पान, सुपारी तथा रङ्गोलीका रङहरू प्रयोग गरिन्छ ।

पूजामा विशेषगरी दियो बाल्ने गरिन्छ । दियो, कलश र गणेशको पूजा गरिसकेपछि लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीको पूजा गरी आरती, दीपदान र मन्त्र उच्चारण गरिन्छ । त्यसपछि परिवारका सबै सदस्यले फलफूल र मिठाई प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

आज राति भैलो खेल्ने परम्परा रहेको छ । भोलि गाईपूजा, पर्सि २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ ।

यमपञ्चकको अन्तिम दिन अर्थात् २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पढाइसँगै उत्पादन र आम्दानीको अभ्यासमा अन्नपूर्ण मावि, टमाटर खेतीबाट विद्यालयको आम्दानी बढ्दै

आज काग तिहार मनाइँदै

धन्चौर पाकुमा खुल्ला भलिबल प्रतियोगिता उद्घाटन , उद्घाटन खेलमा आयोजक ‘बी’ र देउराली युवा क्लब विजयी

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

- Advertisement -spot_img
-Advertisement-spot_img