धन्चौर पाकुमा खुल्ला भलिबल प्रतियोगिता उद्घाटन , उद्घाटन खेलमा आयोजक ‘बी’ र देउराली युवा क्लब विजयी

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको धन्चौर पाकुमा जनजागरण युवा क्लबको आयोजनामा खुला भलिबल प्रतियोगिता सुरु भएको छ।
  • वडा अध्यक्ष जनकलाल गैरेले उद्घाटन गरेको उक्त प्रतियोगिताको पहिलो दिन आयोजक 'बी' र देउराली युवा क्लब विजयी भएका छन्।
  • युवाहरूमा अनुशासन, एकता र खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पहिलो दिन खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

हृदय भुसाल अर्घाखाँची ।
जनजागरण युवा क्लब भूमिकास्थान नगरपालिका–१० धन्चौर पाकुको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता आजदेखि उत्साहपूर्ण वातावरणमा सुरु भएको छ। स्थानीय युवाहरूको सक्रिय सहभागिता, खेलप्रेमीहरूको उत्साहजनक उपस्थिति तथा खेलाडीहरूको आकर्षक प्रदर्शनका बीच प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको एक समारोहका बीच भूमिकास्थान नगरपालिका–१० का कार्यवाहक वडा अध्यक्ष जनकलाल गैरेले उद्घाटन गर्नुभएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यवाहक वडा अध्यक्ष गैरेले खेलकुदले युवाहरूमा अनुशासन, आपसी एकता, सहकार्य र सकारात्मक सोचको विकास गर्नुका साथै स्थानीय स्तरमा खेल प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुद क्षेत्रको विकासका लागि वडा कार्यालयको तर्फबाट सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै बजेट अभावका कारण आवश्यक बजेट विनियोजन गर्न समस्या भइरहेको समेत उल्लेख गर्नुभयो।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा सामाजिक व्यक्तित्व हृदय भुसाल, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भोजन गुरुङ, सितगंगा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन बुढामगर तथा समाजसेवी एवं युवा व्यवसायी सुधीर नेपालीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरूले खेलकुदले युवाहरूलाई सिर्जनशील बनाउन, आपसी सद्भाव कायम गर्न र स्थानीय क्षेत्रको पहिचान स्थापित गर्न सहयोग पुर्‍याउने धारणा राख्नुभएको थियो।
कार्यक्रममा सामाजिक व्यक्तित्व चिन्तबहादुर घम, भुवन क्षेत्री, झविलाल भट्टराई, पुनाराम चुदाली, विष्णु चुदाली, शान्ता चुदाली, जाल्पा घम, बाबुलाल नेपालीलगायतको आतिथ्यता रहेको थियो।
क्लबका अध्यक्ष लोकेश बुढामगरको अध्यक्षता, कोपिल हमालको स्वागत मन्तव्य र नवीन घमको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो।
प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा आयोजक जनजागरण युवा क्लबको ‘बी’ टिमले सनराइज युवा क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। त्यस्तै, लालिगुराँस युवा क्लब र देउराली युवा क्लबबीच भएको प्रतिस्पर्धात्मक खेलमा देउराली युवा क्लबले जित हासिल गरेको क्लबका अध्यक्ष लोकेश बुढामगरले जानकारी दिनुभयो।
प्रतियोगिताको पहिलो दिनमै खेलाडी तथा खेलप्रेमीहरूको उत्साहजनक सहभागिता देखिएको छ। स्थानीय स्तरमा खेलकुदको विकास, नयाँ खेल प्रतिभाको पहिचान र युवाहरूबीच आपसी एकता तथा भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत भोलि बिहानदेखि थप रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुने भएकाले सम्पूर्ण खेलप्रेमी, खेलाडी, युवा तथा स्थानीयवासीलाई उपस्थित भई खेलको अवलोकन गर्न र खेलाडीहरूको हौसला बढाउन क्लबका नवीन घमले आग्रह गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

धन्चौरको तल्ला पाकुमा कात्तिक २० देखि खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायाे

पोखरालाई हराउँदै लुम्बिनी एनपीएलको शीर्षस्थानमा

- Advertisement -spot_img
-Advertisement-spot_img