सर्वोच्चका प्रस्तावित ४ न्यायाधीश विरुद्ध ९ उजुरी

समाचार सारांश
Auto Generated by AI
  • सर्वोच्च अदालतमा सिफारिस भएका चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नौ वटा उजुरी परेका छन्।
  • समितिले प्राप्त उजुरीहरू अध्ययन गरी आगामी बैठकबाट सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
  • न्यायाधीशविरुद्ध उजुरी दिने समय कात्तिक १९ गतेसम्मका लागि तोकिएको छ।

काठमाण्डाै – सर्वोच्च अदालतमा सिफारिश भएका चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नाै वटा उजुरी परेका छन् ।

आज बसेको समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले नौ वटा उजुरी परेका र थप उजुरी सङ्कलन गर्ने प्रक्रिया चलिरहेको जानकारी गराउनुभएको हो । प्राप्त उजुरीमध्ये एक जना प्रस्तावित न्यायाधीशविरुद्ध दुई वटा, दुई जनाविरुद्ध तीन/तीन वटा र एक जनाविरुद्ध एउटा उजुरी परेको उहाँले बताउनुभयाे ।

सभापति श्रेष्ठले गोप्य नरहेका उजुरीहरूको अध्ययन प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । गोप्य रूपमा प्राप्त भएका उजुरी भने समितिको आउँदो बैठकमा खोलेर अध्ययन गरिने उहाँको भनाइ छ ।

उजुरी अध्ययनपछि आउँदाे बैठकबाट प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकिएको छ ।

गएको असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको थियो । नाम प्रस्ताव हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौर क्रिकेट प्रतियोगिताको उपाधि मालारानीलाई, आयोजक धन्चौर युवा समाज उपविजेता

सन्धिखर्कमा नेकपा अर्घाखाँचीको राष्ट्रिय जागरण अभियान भव्य रूपमा उद्घाटन

बिचौलिया–न्यायाधीश सम्बन्धबारे छानबिन गरी निष्कर्ष सार्वजनिक गर्न सर्वोच्च फुलकोर्टको आग्रह

आरिचौरमा आज क्रिकेटको फाइनल, विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने

पाल्पामा नेपाली कम्युनिस्ट पार्टीद्वारा राष्ट्रिय जागरण अभियान सुरु

- Advertisement -spot_img
-Advertisement-spot_img