सन्धिखर्कमा नेकपा अर्घाखाँचीको राष्ट्रिय जागरण अभियान भव्य रूपमा उद्घाटन

समाचार सारांश
Auto Generated by AI
  • नेकपाको राष्ट्रिय जागरण अभियान अर्घाखाँचीको सन्धिखर्कमा भव्य रूपमा सम्पन्न भयो।
  • पूर्वमन्त्री चक्रपाणि खनालले अभियानको उद्घाटन गर्दै पार्टीको भावी कार्ययोजनाबारे प्रशिक्षण दिनुभयो।
  • अभियानको मुख्य उद्देश्य संगठन विस्तार, वैचारिक स्पष्टता र जनतासँगको सम्बन्ध सुदृढ गर्नु रहेको छ।

हृदय भुसाल अर्घाखाँची ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियानअन्तर्गत अर्घाखाँचीको सन्धिखर्कमा उद्घाटन तथा प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । सोमबार  सन्धिखर्क नगरपालिका–१ स्थित सहिद स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय संयोजक समितिका सदस्य, तथा लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल खनालले ब्यानर वाचन गरी अभियानको औपचारिक उद्घाटन गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, समसामयिक राजनीतिक चुनौती र पार्टीको आगामी कार्ययोजनाका विषयमा विस्तृत धारणा राख्नुभएको थियो। उहाँले पार्टीको वैचारिक स्पष्टता, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारमा जोड दिँदै उपस्थित नेता तथा कार्यकर्तालाई प्रशिक्षण समेत दिनुभएको थियो।                        कार्यक्रमका विशेष अतिथि पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेनले वामपन्थी आन्दोलनको वर्तमान अवस्था, यसले भोगिरहेका चुनौती तथा आगामी राजनीतिक दिशाका विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो।

केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रामबहादुर चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य ठाकुर सौराग आदर्शले गर्नुभएको थियो। जिल्ला सह–इन्चार्ज छमकुमारी खनालले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, पूर्व राज्यमन्त्री सुशीला सिर्पाली, जिल्ला इन्चार्ज ठाकुरकुमार विक, जिल्ला सह–इन्चार्ज राजेन्द्र भुसाल, केन्द्रीय सदस्यहरू सुनिता बेल्वासे, धर्मराज भुसाल, युवराज पौडेल, नारायण विक लगायत आथित्यता रहेको कार्यक्रममा  प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

राष्ट्रिय जागरण अभियानमार्फत पार्टीको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने, नेता तथा कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्ने र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौर क्रिकेट प्रतियोगिताको उपाधि मालारानीलाई, आयोजक धन्चौर युवा समाज उपविजेता

बिचौलिया–न्यायाधीश सम्बन्धबारे छानबिन गरी निष्कर्ष सार्वजनिक गर्न सर्वोच्च फुलकोर्टको आग्रह

आरिचौरमा आज क्रिकेटको फाइनल, विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने

पाल्पामा नेपाली कम्युनिस्ट पार्टीद्वारा राष्ट्रिय जागरण अभियान सुरु

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

- Advertisement -spot_img
-Advertisement-spot_img