बिचौलिया–न्यायाधीश सम्बन्धबारे छानबिन गरी निष्कर्ष सार्वजनिक गर्न सर्वोच्च फुलकोर्टको आग्रह

काठमाण्डाै – प्रधानन्यायाधीश र केही न्यायाधीशहरूको नाम जोडेर पछिल्लो समय आएका समाचारप्रति सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित सर्वोच्च अदालतमा बहालवाला सबै न्यायाधीशहरूको सहभागितामा आज बसेको बैठकले पछिल्ला घटनाक्रम र न्यायालयभित्र उठेका विषयहरूमाथि विस्तृत छलफल गरेको हो ।

बैठकले संविधान र कानूनको सर्वोच्चताप्रति आफूहरूको अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै यस विषयमा विना पूर्वाग्रह, निष्पक्ष एवम् स्वतन्त्र ढङ्गले छानबिन गर्न सम्बद्ध निकायसँग आग्रह गरेको छ । साथै कानूनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा पूर्णरूपमा सहयोग र जवाफदेही बन्न सर्वोच्च अदालत तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

न्यायपालिका आमनागरिकको आस्था र विश्वासमा टिकेको संस्था भन्दै अदालतले छानबिनको आधिकारिक निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने किसिमले समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

प्रकाशित र प्रसारित समाचारहरूबाट विचलित नभई आ–आफ्नो ठाउँबाट उच्च मनोबलका साथ न्यायिक कार्यमा क्रियाशील रहन सर्वोच्चले सम्पूर्ण न्यायाधीशलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

त्रिवेणीद्वारा राज्यलाई १ वर्षमै १२ लाख २० हजार बढीको योगदानः शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश, ऋणी र नियमित बचतकर्तालाई पनि बोनस

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीश विरुद्ध ९ उजुरी

धन्चौर क्रिकेट प्रतियोगिताको उपाधि मालारानीलाई, आयोजक धन्चौर युवा समाज उपविजेता

सन्धिखर्कमा नेकपा अर्घाखाँचीको राष्ट्रिय जागरण अभियान भव्य रूपमा उद्घाटन

आरिचौरमा आज क्रिकेटको फाइनल, विजेताले एक लाख र उपविजेताले ५० हजार पाउने

- Advertisement -spot_img
-Advertisement-spot_img