
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
- पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ गएरातिदेखि लागू हुने गरी वृद्धि भएको हो।
- ग्यासको मूल्यमा भने कुनै परिवर्तन नगरी पुरानै कायम राखिएको छ।
काठमाण्डौ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको हो ।
पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टीतेलमा पाँच रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले भाउ बढेको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको भाउ काठमाण्डौ, पोखरा र दिपायलमा लिटरको २०० रुपैयाँ पुगेको छ । यस्तै सुर्खेत र दाङमा १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ ।
खाना पकाउने एलपी ग्यासको भाउ भने यसअघि जस्तै भरी सिलिण्डरको २ हजार ६० रुपैयाँ नै कायम छ ।


























