दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

समाचार सारांश
Auto Generated by AI
  • राहदानी विभागले ई–पासपोर्टको बढ्दो माग सम्बोधन गर्न दैनिक १५ सय राहदानी उत्पादन गर्न थालेको छ।
  • दक्षिण कोरिया जानेलगायत विदेशिनेहरूको संख्या बढेकाले सेवाग्राहीको चापलाई ध्यान दिँदै क्षमता विस्तार गरिएको हो।
  • विभागले प्राविधिक समस्या समाधान गर्दै सेवालाई छिटो र प्रभावकारी बनाउन आगामी दिनमा थप सुधार गर्ने जनाएको छ।

काठमाण्डौ — राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै १५ सय वटा राहदानी छपाइ तथा जारी गर्न थालेको जनाएको छ ।

विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेपछि विभागले उत्पादन क्षमता बढाएको हो । विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख छ ।

विभागका अनुसार पछिल्लो एक हप्तायता विद्युतीय राहदानीको माग उल्लेख्य रूपमा बढेको छ । त्यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भैरहेको विभागले जनाएको छ । विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अरु प्रयोजनका लागि विदेश जानेहरूको संख्या बढ्दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढिरहेको छ ।

आउँदा दिनमा सेवाग्राहीको आवश्यकता अनुसार सेवा थप विस्तार गरिने योजना पनि विभागले सार्वजनिक गरेको छ । पछिल्लो समय सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्यालाई एक महिनाभित्र समाधान गर्ने र तीन महिनाभित्र प्रणालीलाई पूर्ण रूपमा स्थिर बनाउने लक्ष्यसहित आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको विभागले जनाएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, उपचार, पारिवारिक तथा अरु अत्यावश्यक प्रयोजनका लागि तत्काल राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मतले अनुमोदन

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

- Advertisement -spot_img
-Advertisement-spot_img