घुससहित भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका ५ जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • ललितपुर मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन्।
  • जग्गा बकसपत्र गराउन हैरानी दिई सेवाग्राहीसँग घुस लिएको आरोप उनीहरूलाई लागेको छ।
  • अख्तियारले उनीहरूको साथबाट तीन लाख र स्रोत नखुलेको थप रकम बरामद गरेको छ।

काठमाण्डौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल ललितपुरका तीन नासुसहित पाँच जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट तीन लाख रुपैयाँ बरामद भएको छ । अख्तियारको टोलीले गएराति ललितपुर मालपोतका नासुहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो ।

उनीहरुसँगै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल समेत पक्राउ परेका अख्तियारका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिनुभयो ।

जग्गाको बकसपत्र गराउने काममा दुःख र हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

अख्तियारले उनीहरुसँग घुसबाहेक स्रोत नखुलेको २४ हजार ८ सय ९० रुपैयाँ पनि बरामद भएको जनाएको छ । उनीहरु एक होटलबाट पक्राउ परेका हुन् । पक्राउ परेकामाथी थप अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img