बङ्गलादेशकी प्रधानमन्त्री हसिना राजीनामापछि भागेर भारतमा, अन्तरिम सरकार बनाउने सेनाको घोषणा

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारततर्फ भाग्नुभएको छ । देशमा प्रदर्शन चर्किँदै गएपछि उहाँले आज दिउँसो राजीनामाको घोषणा गरेर हेलिकप्टरबाट भारत पुग्नुभएको हो । उहाँ भारत भागेपछि सेना प्रमुख जनरल वकेर-उज-जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गर्नुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानसेनापति उज्जामनले अन्तरिम सरकार गठन हुने घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग छलफल गरेर आजै समाधान गर्ने बताउनुभएको छ । तर सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन ।

राजीनामा दिएलगत्तै हेलिकप्टर चढेर भागेकी शेख हसिना भारतको त्रिपुरा राज्य पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । आन्दोलनकारीले प्रधानमन्त्रीकै निवासमा प्रवेश गरेर प्रदर्शन गरेपछि बहिनीलाई सँगै लिएर उहाँले देश छाड्नुभएको हो । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भागेपछि प्रदर्शनकारीहरूले विजयी उत्सव मनाइरहेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री आवासमा लुटपाटसमेत गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी जागिरको ठूलो सङ्ख्यामा कोटा प्रणाली लगाउने सरकारी विधेयकको विरुद्धमा विद्यार्थीहरूले शुरू गरेको आन्दोलनले हसिनालाई देशबाटै भाग्नुपर्ने अवस्था ल्याएको हो । यसअघि अघिल्लो हप्ता प्रदर्शन हिंसात्मक बनेर दुई सय जनाभन्दा धेरैको ज्यान गएपछि बङ्गलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरिदिएको छ । यसबाट विद्यार्थीहरूकाे माग पूरा भए पनि ज्यान गुमाउने, घाइते र पक्राउ परेकाहरूको न्यायका लागि भन्दै प्रदर्शन चलिरहेकाे थियाे । सामान्य अवस्थामा रहेको प्रदर्शन हिजो पुन हिंसात्मक बन्दा ९६ जनाको ज्यान गएपछि आज विद्यार्थीसँगै मजदुरलगायतले पनि प्रदर्शन गरेका हुन् ।

विपक्षी दलहरूको बहिष्कारकाबीच गएको जनवरीमा भएको चुनावबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । बितेको १६ वर्षदेखि बङ्गलादेशको सत्तामा रहेकी शेख हसिना बङ्गलादेशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छाेरी हुनुहुन्छ । शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । सन् २००९ यता भने उहाँले निरन्तर सत्ताको नेतृत्व गर्दै आउनुभएको थियो । सन् २००४ मा चुनावी अभियानका क्रममा बम आक्रमण हुँदा उहाँ घाइते हुनुभएको थियो । घटनामा कम्तीमा २० जनाको ज्यान गएको थियो ।

शेख हसिनाका समर्थकहरू उहाँले बङ्गलादेशमा आवश्यक परेका बेला राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन् । तर विरोधीले भने हसिनाले निरङ्कुश शासन चलाइरहेकाले अहिलेको अवस्था आएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

- Advertisement -spot_img
-Advertisement-spot_img