भूमिकास्थान नगरकार्यपालिकाको कार्यपालिका बैठक संचालन

टेकराज भुसाल अर्घाखाँची ।  चैतदेखि बन्द रहेको अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाकाे कार्यपालिका बैठक संचालन गर्ने सहमति भएको छ।

भूमिकास्थान-९ ढिकुराकाे सानडेभामा रहेको चुनढुङ्गा उत्खननकाे विषयलाई लिएर नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित  कार्यपालिका सदस्यहरुले ३ महिनादेखि कार्यपालिका बैठक अवरुद्ध गरेका थिए।

बुधबार भूमिकास्थानमा सक्रिय ४ राजनीति दल नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमाेर्चाको बैठकले नगरप्रवक्ता बाबुराम पन्थी सुनारले प्रवक्ता पदबाट राजीनामा दिन तयार भएपछि कार्यपालिका खाेल्ने सहमति गरेका छन।

चुनढुङ्गाकाे विषयलाई लिएर उपप्रमुख बालाकृष्ण बन्जाडे सहित नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित कार्यपालिका सदस्यहरुले राष्ट्रिय जनमाेर्चाबाट निर्वाचित नगरप्रमुख झविलाल थापा, भूमिकास्थान-४ का वडाध्यक्ष तथा नगरप्रवक्ता बाबुराम पन्थी सुनारलाई आराेप लगाउदै कार्यपालिका बैठक अबरुद्ध गरेका थिए।

उता नगरप्रमुख थापा, नगरप्रवक्ता सुनारले भने अनाधिकृत संस्था वा व्यक्तिले किर्ते हस्ताक्षर गरेर नगरपालिका माथि नै प्रहार गरेको बताउदै आफूहरु कुनै पनि हालतमा चुनढुङ्गाको उत्खनन गर्नै नहुने पक्षमा रहेको र किर्ते गर्नेका विरुद्ध मुद्दा चलाएको बताउदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै