आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’

काठमाण्डौ – सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । हरेक प्रदेशमा दुई/दुई दिन सञ्चालन हुने मेला कोशी प्रदेशको विराटनगरमा आजदेखि शुरु भएर जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सकिने मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेशको विराटनगरमा आज र भोलि, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने श्रम मन्त्रालयले जनाएको छ । मेलाका लागि अस्ति मङ्गलवारदेखि दर्ता खुला गरिएको छ । श्रम मन्त्रालय र मातहतका सबै निकाय एवम् विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाल लगायतका स्टल रहनेछन् ।

मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ । श्रममन्त्री अर्यालले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको पनि बताउनुभयो । मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने सरकारको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

त्रिवेणीद्वारा राज्यलाई १ वर्षमै १२ लाख २० हजार बढीको योगदानः शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश, ऋणी र नियमित बचतकर्तालाई पनि बोनस

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीश विरुद्ध ९ उजुरी

धन्चौर क्रिकेट प्रतियोगिताको उपाधि मालारानीलाई, आयोजक धन्चौर युवा समाज उपविजेता

सन्धिखर्कमा नेकपा अर्घाखाँचीको राष्ट्रिय जागरण अभियान भव्य रूपमा उद्घाटन

बिचौलिया–न्यायाधीश सम्बन्धबारे छानबिन गरी निष्कर्ष सार्वजनिक गर्न सर्वोच्च फुलकोर्टको आग्रह

- Advertisement -spot_img
-Advertisement-spot_img