अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्यारोपण

संयुक्त राज्य अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानवमा प्रत्यारोपण भएको छ । शल्य चिकित्सकहरूले दोस्रो पटक जीवित व्यक्तिमा सुँगुरको परिमार्जित मिर्गाैला प्रत्यारोपण गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

न्युयोर्कको एनवाईयू ल्याङ्गाेन हेल्थ सेन्टरमा ५४ वर्षीया लिसा पिसानो नाम गरेक महिलामा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरिएको हो । ती महिला हृदयघात र अन्तिम चरणको मिर्गाैला रोगबाट पीडित रहेको र उनलाई केही दिनमात्रै जीवित राख्न सकिएको डाक्टरहरूले बताएका छन् ।

डाक्टरहरूले मिर्गाैला प्रत्यारोपणअघि हृदयघातको उपचार स्वरूप मेकानिकल पम्प दिएका थिए । यस्तो जटिल अवस्थाको बिरामीमा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरेको यो पहिलो पटक भएको डाक्टरहरूको दाबी छ । सुँगुरको मिर्गाैला सिधै मानवमा प्रत्यारोपण नहुने भएकाले डाक्टरहरूले शुरुमा सुँगुरको मिर्गाैलामा एउटा ग्रन्थि प्रत्यारोपण गरेपछि मात्रै मानिसमा प्रत्यारोपण गर्न मिल्छ ।

प्रमुख सर्जन डा. रोबर्ट मन्टगोमेरीले जीवन बचाउने अङ्गहरू जनावरबाट मानिसमा प्रत्यारोपण गर्न सक्नु निकै ठूलो उपलब्धि भएको बताउनुभएको छ । पछिल्लो प्रत्यारोपणले मिर्गाैला असफल भएर कोही पनि अकालमा मर्नु पर्दैन भन्ने सम्भावनालाई नजिक ल्याएको उहाँको भनाइ छ ।

गएको मार्च महिनामा पहिलो पटक अमेरिकामै एक जीवित बिरामीमा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । यसअघि अघिल्लो वर्ष नै आनुवंशिक रूपले परिमार्जित सुँगुरको मुटु मेरिल्यान्ड विश्वविद्यालयका दुई जना बिरामीमा प्रत्यारोपण गरिएको थियो तर दुवै जना दुई महिनाभन्दा कम समय बाँचेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img