प्रेमपत्र

समाचार सारांश
Auto Generated by AI
  • प्रलयका बेला मानिसहरू भौतिक वस्तु बचाउन तल्लीन हुन्छन् तर प्रेमिल स्मृतिलाई उपेक्षा गर्छन्।
  • सभ्यताको इतिहासमा युद्ध र शक्तिलाई स्थान दिए पनि प्रेमका भावनाहरू सधैं ओझेलमा पर्छन्।
  • वस्तुभन्दा स्मृति बढी महत्वपूर्ण हुन्छ र स्मृतिको विनाश नै वास्तवमा एउटा ब्रह्माण्डको अन्त्य हो।

निम्बतरु

प्रलय आउँदा
कसैले शंख बचाउनेछ, कसैले वेद,
कसैले मन्दिरको गजुर समातेर भगवानलाई सुरक्षित राख्न खोज्नेछ।
कसैले सुन गाड्नेछ माटोमुनि,
कसैले आफ्नो नाम इतिहासभित्र।

तर
कसैले पनि बचाउने छैन त्यो पुरानो प्रेमपत्र,
जसको कुनामा अझैँ सुकेको छैन एउटा प्रतीक्षाको आँसु।

वर्षाले
पहिला प्रेमपत्र भिजाउँछ,
आगोले
पहिला प्रेमपत्र जलाउँछ,
कीराहरूले
पहिला प्रेमपत्र खान्छन्।

किनकि उनीहरूलाई थाहा छ—
सबैभन्दा कमजोर वस्तु कागज होइन,
स्मृति हो।

कुनै दिन
संग्रहालयहरू भरिनेछन्
राजाहरूका तरबारले,
सन्तहरूका वस्त्रले,
युद्धका अवशेषले।

तर त्यहाँ कतै राखिएको हुने छैन
त्यो कागज
जसमा लेखिएको थियो—
“फर्केर आउनु।”

मानिसहरू
सभ्यता बचाउने कुरा गर्छन्,
तर प्रेमलाई कहिल्यै सभ्यताको रूपमा मान्दैनन्।

जबकि
एउटा प्रेमपत्र हराउनु भनेको
एउटा सम्पूर्ण युग हराउनु हो।

मलाई डर आगोको छैन,
पानीको छैन,
प्रलयको पनि छैन।

मलाई डर छ—
कुनै दिन
तिमीलाई नै त्यो प्रेमपत्रको अक्षर बिर्सिनेछ कि भनेर।

किनकि
कागज जल्दा एउटा वस्तु मर्छ,
तर
स्मृति मर्दा एउटा ब्रह्माण्ड।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img