आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

समाचार सारांश
Auto Generated by AI
  • देशका २८ जिल्लाका साना तथा मझौला नदीमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
  • नदी तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई सतर्कता अपनाउन र अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।
  • आगामी केही दिन देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र केही भू-भागमा भारी वर्षाको समेत सम्भावना छ।

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज देशका २८ जिल्लाका साना तथा मझौला नदीमा आकस्मिक बाढी को मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ ।

महाशाखाले सार्वजनिक गरेको बाढी जोखिम पूर्वानुमानअनुसार तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुगु, सुर्खेत, दैलेख, अछाम, डोटी लगायत आसपासका जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना रहेको जनाएको छ।

महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी साना खोल्सा, पहाडी खोला तथा नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।

विभागका अनुसार हरियो रंगले न्यून जोखिम, पहेँलो रंगले मध्यम जोखिम, सुन्तला रंगले उच्च जोखिम र रातो रंगले अति उच्च जोखिम जनाउने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आवश्यक रहेको छ। हालको पूर्वानुमानमा उल्लेखित जिल्लाहरूमा मध्यम जोखिम रहेको देखाइएको छ।

यसैबीच आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पर्सि बागमती प्रदेशको हिमाली  भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

आफन्त र केही गीत

अण्डाको भाउ फेरि बढ्न थाल्यो : तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो

कोलकाताबाट पहिलो पटक ‘कार्गो रेल’ विराटनगर आइपुग्यो

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

- Advertisement -spot_img
-Advertisement-spot_img