४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

मान्छे स्वतन्त्र छैन

निम्बतरु

जीवनले हामीलाई यति धेरै गाँठो लगाइदिन्छ
जिम्मेवारी, सम्बन्ध, व्यवस्था, समाज।
तर भित्र कतै एउटा स्वतन्त्र आत्मा लगातार खुकुलो हुन खोजिरहन्छ,
आफ्नै गतिमा हिँड्न, आफ्नै धुनमा बाँच्न।

मान्छे स्वतन्त्र छैन/हुनसक्दैन
बाँधिएको छ
माया,सम्बन्ध,देश र समाजसँग

मेरो कुनै देश छैन
जब
पानी,हावा,बाटो र जग्गाको कर तिर्नुपर्छ
बोल्न,हिडन र हाँस्न पनि अनुमति लिनुपर्छ
कतै पौड्न खोज्यो प्रवेश शुल्क तिर्नुपर्छ
कैदीजस्तै लाग्छ आफू
सिमापार जान आज्ञा लिनुपर्छ
सबै कुरामा मूल्य तोक्नुले
भगवान भेट्न पनि शुल्क तिर्नुपर्छ
जूनसम्म पुग्न पनि शुल्क तिर्नुपर्छ
सित्तैमा त केही छैन

एकदिन शहरको बीच भागमा बगैचा देख्छु
त्यहाँ भ्रमण गर्न मन लाग्छ
प्रवेश गर्न खोज्छु
वरिपरि पर्खाल
प्रवेश क्षेत्रमा गेट
अनुमति शुल्क निर्धारण
तर
त्यो भमरा प्रवेश गरेर मनलाग्दी उत्सव गरिरहेछ
त्यो पुतली र चराहरुले के शुल्क तिर्छन् ?
अचम्मै घुमिरहेछन मन भरिनसम्म
म शुल्क बिना प्रवेश गर्न सक्दिनँ
हालै निषेधित क्षेत्रमा पुग्न खोज्छु
त्यहाँ पनि प्रतिबन्ध छ
तब मेरो देश छैन भन्नुपर्छ
देश त्यस्तो हुनु
जो निर्धक्क चराहरु झैँ जहाँ पनि पुग्न सक्छ

त्यस्तो स्वतन्त्रता कहाँ छ?
जतापनि बन्धन
जतापनि परिबन्धन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै