निम्बतरु
अहिले पनि पितृलाई चढाएर आटो खाइन्छ दिनानु
भगवानलाई नचढाई कुनै फल खाइदैन
नयाँ मकै नागलाई दूधको धार नदिई खाइदैन
कुनै न कुनै नयाँ अन्न
कुनै न कुनै प्रकृतिलाई चढाएर खाइन्छ
कुनैदिन राजारजौटालाई चढाएर खाइएहोला
यस्तो लाग्छ
आफ्नै खुट्टाले आफ्नै रगत नटेकिएको हो
तर
घामका किरणहरुलाई कुल्चदै कुल्चदै
जून समक्ष
क्षमा माग्न पुगेको हो
र
चढाएको हो शीर
ईश्वरको सालिक अगाडि ।
भाले र परेवा
ध्वजा र तोरण
चढाएकै हो नौवेद्य
चढाएकै हो पानसुपारी
फलफूल कतिकति
अब चढाउन बाँकी यो जीब्रो छ
चढाउँ त हजुर
ईश्वरले बेवास्ता गरेको जीब्रो ?
रगतको धुप दिएर
भुँयार पुजेर
आम रगत र पसिना
आँसु र वेदना ,सुस्केरा र सराप टेकेर
ईश्वरको सालिकले
करुणामाथि वेदना थप्छ त
अनि सकिन्छ दिनानुदिन चढाउन मन ।
चढाएको चीजहरु कैल्यै खाएन
तर प्रेम र भ्रातृत्व खाइरहेछ
ईश्वरको सालिक