एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज

समाचार सारांश
Auto Generated by AI
  • औषधि व्यवस्था विभागले तोकिएको समयमा नवीकरण नगर्ने देशभरका ५ हजार ३०२ फार्मेसीको दर्ता खारेज गरेको छ।
  • दर्ता खारेज भएका पसलहरू अब कानुनी रूपमा औषधि बिक्री वितरण गर्न अयोग्य भएका छन्।
  • देशभरका बाँकी २० हजार ९९८ वटा फार्मेसीलाई नियम पालना गर्दै थप प्रक्रिया पूरा गर्न विभागले आग्रह गरेको छ।

विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका ५ हजार ३०२ फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतः रद्द हुने प्रावधानअनुसार यो निर्णय कार्यान्वयन गरिएको हो ।

यससँगै अब ती औषधि पसलहरू कानुनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका छन् । देशभर २६ हजार ३०० फार्मेसी छन् । दर्ता खारेजपछि यो संख्या २० हजार ९९८ मा झरेको छ ।

विभागले सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

जेठ २८ जेठ सम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै