अर्घाखाँची अस्पतालमा स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेको स्वागत, सेवा प्रवाहको निरीक्षण

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले पहिलो पटक गृहजिल्ला अर्घाखाँचीस्थित अस्पतालको निरीक्षण गर्नुभयो।
  • अस्पताल प्रशासनले सेवा विस्तार र स्रोतसाधनको आवश्यकताका बारेमा मन्त्रीलाई जानकारी गराएको छ।
  • मन्त्री घिमिरेले जिल्लाको स्वास्थ्य सेवालाई सुलभ र गुणस्तरीय बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

हृदय भुसाल अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सरकारका प्रभक्ता  रामजी प्रसाद घिमिरे लाई आज अर्घाखाँची अस्पतालमा एक कार्यक्रमका बीच स्वागत गरिएको छ। स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला अर्घाखाँची आउनुभएका मन्त्री घिमिरेलाई अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीहरूले स्वागत गरेका हुन्।
स्वागतपछि मन्त्री घिमिरेले अस्पतालको निरीक्षण गर्नुका साथै विभिन्न वार्डमा पुगेर उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले बिरामी तथा उनका आफन्तसँग भेटघाट गर्दै स्वास्थ्य सेवाको गुणस्तर र सेवा प्रवाहका विषयमा चासो व्यक्त गर्नुभएको थियो।
सो अवसरमा अर्घाखाँची अस्पतालका प्रमुख डा. जगनाथ तिवारी ले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह, उपलब्धि तथा चुनौतीबारे जानकारी गराउनुभयो। उहाँले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद अस्पतालले जिल्लावासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो।
डा. तिवारीले भन्नुभयो, “अस्पतालबाट दैनिक ठूलो संख्यामा सेवाग्राहीले सेवा लिइरहेका छन्। सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि थप विशेषज्ञ चिकित्सक, जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधार आवश्यक छ। प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरेका छौं।”
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले अर्घाखाँची अस्पताललाई जिल्लाको प्रमुख स्वास्थ्य संस्थाका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।
मन्त्री घिमिरेले भन्नुभयो, “अर्घाखाँची अस्पतालले जिल्लावासीलाई महत्वपूर्ण स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा रहेका आवश्यकता र समस्याको समाधानका लागि प्रदेश सरकार गम्भीर छ। स्वास्थ्य क्षेत्रको सुधार, सेवा विस्तार तथा आवश्यक जनशक्ति व्यवस्थापनका लागि आवश्यक पहल गरिनेछ।”
उहाँले स्वास्थ्यकर्मीहरूलाई सेवाप्रति थप जिम्मेवार र समर्पित बन्न आग्रह गर्दै स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
स्वागत कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायणण कोईराला,अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। मन्त्री घिमिरेले अस्पतालका विभिन्न सेवा इकाइको अवलोकन गर्दै स्वास्थ्य सेवाको प्रभावकारिता थप बढाउन आवश्यक सुझाव समेत दिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै