घुम्ने कुर्सिमा धृतराष्ट्र

समाचार सारांश
Auto Generated by AI
  • आधुनिक हस्तिनापुर सत्ता र शक्तिको आडमा सत्यलाई लुकाउने र समस्यालाई विकासको नाममा ढाकछोप गर्ने थलो बनेको छ।
  • स्वार्थी शासक, भ्रष्ट नीति र अन्यायपूर्ण संरचनाका कारण सर्वसाधारण तथा प्रतिभा भएका व्यक्तिहरू सदैव उपेक्षित छन्।
  • सामाजिक न्यायको आवाजलाई दबाइएको र समाज यथार्थबाट विमुख भई पुनः अर्को ठूलो सङ्घर्ष वा विनाशको दिशातर्फ अग्रसर छ।

निम्बतरु

हस्तिनापुर अब कुनै राज्य होइन,
यो त एअरकन्डिसन्ड भवन हो,
जहाँ झ्यालहरू खुल्दैनन्
र सत्य प्रवेश गर्न पास चाहिन्छ।

बीचको कोठामा घुम्ने कुर्सिमा बसेका छन् धृतराष्ट्र।
उनी अझै अन्धा छन्,
तर अन्धोपन अब आँखाको रोग होइन,
यो सुविधा हो,
पदको प्रिभिलेज हो।

कहिलेकाहीँ सञ्जय आउँछ ल्यापटप बोकेर।

भन्छ—
“महाराज, कुरुक्षेत्रमा फेरि केही लासहरू भेटिएका छन्।”
धृतराष्ट्र मुस्कुराउँछन्।
“जुम इन नगर, सञ्जय।
मलाई तथ्य होइन,
प्रेजेन्टेसन देखाऊ।”
त्यसपछि पावरपोइन्टका स्लाइडहरूमा
भोकलाई विकास भनिन्छ,
बेरोजगारीलाई अवसर,
र पलायनलाई ग्लोबल मोबिलिटी।

दुर्योधन अहिले सूट लगाउँछ।
उसले गदा होइन,
ठेक्कापट्टाको फाइल बोक्छ।

उसको पछाडि दुःशासनहरू छन्,
जो न्यायका पानाहरूलाई टिस्यु पेपरझैँ प्रयोग गर्छन्।

शकुनि अझै जिउँदै छ।
ऊ पासा फ्याँक्दैन,
ऊ एल्गोरिदम बनाउँछ,
डेटा घुमाउँछ,
सत्यलाई स्पिन गर्छ।
उसको प्रत्येक पासामा जनमत हार्छ।

भीष्म अझै शरशय्यामा छन्।
फरक यति हो—
अब ती बाणहरू फलामका छैनन्,
सम्झौताका छन्,
मौनताका छन्,
आफ्नै प्रतिज्ञाले छेडिएका।

द्रोणाचार्य कोचिङ सेन्टर चलाउँछन्।
एकलव्यहरू अझै आफ्ना औँला काटिरहेका छन्,
कहिले अवसरका नाममा,
कहिले पहुँचका नाममा।

कर्ण अझै हस्तिनापुरको गेटबाहिर उभिएको छ।
उसको प्रतिभाभन्दा ठूलो उसको थरको प्रश्न छ।

र द्रौपदी ?
उनी अब एउटी स्त्री मात्र होइनन्।
उनी नदी हुन्,
जङ्गल हुन्,
भूमि हुन्,
नागरिकको गरिमा हुन्।
र उनलाई सभामाझ निर्वस्त्र पार्ने प्रयास अझै जारी छ।

कृष्ण कुनै कुनामा उभिएर बाँसुरी होइन,
सायद एउटा चेतावनी बजाइरहेका छन्।
तर यहाँ सबैको कानमा हेडफोन छ।

घुम्ने कुर्सिमा बसेका धृतराष्ट्र बिस्तारै घुम्छन्।
उनी सोध्छन्—
“हस्तिनापुर सुरक्षित छ ?”
सञ्जय झस्किन्छ।
किनकि झ्यालबाहिर पूरै हस्तिनापुर आगोमा छ।
तर रिपोर्टमा लेखिएको छ—
“स्थिति पूर्णतः नियन्त्रणमा छ।”
धृतराष्ट्र सन्तुष्ट हुन्छन्।
कुर्सी फेरि एक फन्को घुम्छ।
र त्यही घुमाइसँगै महाभारत फेरि सुरु हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै