अर्घाखाँचीका योजनामा बजेट अपुग, सदनमा सांसद भुसालको असन्तुष्टि

समाचार सारांश
Auto Generated by AI
  • सांसद हरि प्रसाद भुसालले सरकारले ल्याएको बजेटमा वितरणमुखी असन्तुलन देखिएको भनी असन्तुष्टि व्यक्त गरेका छन्।
  • अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकमा सन्तोषजनक बजेट परे पनि गोरुसिङ्गे–सन्धिखर्क सडकमा अत्यन्तै न्यून बजेट विनियोजन भएको छ।
  • उनले पहाडी जिल्लाका रणनीतिक आयोजनाहरूलाई प्राथमिकता दिई आवश्यक थप बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाल ले संघीय संसदमा बोल्दै सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले बजेट वितरणमा शक्तिकेन्द्रको प्रभाव रहेको आरोप प्रत्यक्ष रूपमा नलगाउन चाहेको बताए पनि बजेटका विवरणहरू हेर्दा शंका गर्ने पर्याप्त आधार रहेको टिप्पणी गरे।
सांसद भुसालले अर्घाखाँचीका लागि आफूले माग गरेअनुसार बजेट विनियोजन नभएको उल्लेख गर्दै सदनमै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले बजेटका केही सकारात्मक पक्षहरू रहेको स्वीकार गर्दै जिल्लाको महत्त्वपूर्ण सालझण्डी–ढोरपाटन सडक आयोजनाका लागि सन्तोषजनक बजेट विनियोजन भएको बताए।
तर, गोरुसिङ्गे–सन्धिखर्क सडक आयोजनामा भने सरकारले अपेक्षाअनुसार बजेट नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। उक्त सडकका लागि दुई अर्ब रुपैयाँ बजेट माग गरिएको भए पनि सरकारले जम्मा पाँच  करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको उनको भनाइ थियो।
सांसद भुसालले अर्घाखाँची लगायत पहाडी जिल्लाका विकास आयोजनालाई प्राथमिकतामा राखी आवश्यक बजेट व्यवस्थापन गर्न सरकारसँग आग्रह समेत गरेका छन्। उनका अनुसार पर्याप्त बजेट अभावका कारण जिल्लाका रणनीतिक तथा विकासका दृष्टिले महत्त्वपूर्ण आयोजनाहरू प्रभावित हुने अवस्था देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै