३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

बयानमा रविले भने- मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन

Workplace

पोखरा, ७ कार्तिक । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ऋण नलिएको बताएका छन् ।

सरकारी वकिलसँगको बयानका क्रममा उनले आफूले ऋण नलिएको र यसबारेमा आफूलाई थाहा नभएको बताएका हुन् ।

‘रवि लामिछानेको नाममा प्रवाह भएको ऋणको सम्बन्धमा सो व्यक्ति म होइन । सुर्यदर्शन को सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइँन ।’

आफ्नो नाममा ऋण निकासा भएको पनि थाहा नभएको उनले बयानमा बताए । ‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै