२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष के.सी.को चेतावनीः संघियता खारेज नभए संघियताले देश खारेज गर्छ

Workplace

गोपाल प्रसाद भट्टराई अर्घाखाँची  ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले मुलुकबाट संघियता
खारेज नभए संघियताले देश खारेज गर्ने चेतावनी दिनुभएको छ ।
राजनीति सामाजिक वा आर्थिक कुनैपनि पक्षले संघियताको भारी बोक्न नसक्ने भन्दै
अध्यक्ष के.सी.ले सात प्रदेश चलाउने खर्चले शिक्षा र स्वास्थ्य निशुल्क
गर्न सकिने बताउनुभएको छ ।
जनतालाई भ्रममा राखेर नभई असली रुपमै मुलुकमा दिगो विकास गर्ने भए
संविधान संशोधन मार्फत संघीयता खारेज गर्न सरकारलाई अध्यक्ष के.सी.को
आग्रह छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिहीबार अर्घाको रानीगैरामा
आयोजना गरेको विशाल सांस्कृतिक जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो
आग्रह गर्नु भएको हो ।
“प्रदेश संरचना धान्न वार्षिक ४ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । त्यो
रकमले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिन्छ ।” अध्यक्ष के.सी.ले
भन्नुभयो,“हामीले यो सरकारलाई समर्थन त गरेका छैनौं तर संविधान संशोधनको
कुराप्रति हाम्रो समर्थन छ ।” उहाँले अगाडि भन्नुभयो, “संविधान संशोधन
मार्फत संघीयता खारेज गरे त्यसलाई हामी स्वागत गर्नेछौँ ।” अध्यक्ष
के.सी.ले राजमोले आगामी चैत २४ गतेदेखि राजधानी केन्द्रित संघीयता
खारेजीको आन्दोलन गर्न लागेको जानकारी दिँदै उक्त कार्यक्रम सफल पार्न आम
नागरिक समक्ष अपिल समेत गर्नुभएको छ ।
फरक प्रशंगमा अध्यक्ष के.सी.ले नयाँ पुस्तालाई नेपालमा केही हुँदैन भनेर
सानैदेखि सिकाइने गरिएको र विदेश जाने वाताबरण बनाइरहेको भन्दै देशको
उन्नती र राष्ट्रियता जोगाउन युवाहरूलाई देशमै रोक्नुपर्ने बताउनुभयो ।
यस्तै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रिय जनमोर्चा
नेपालको वैकल्पिक राजनितिक शक्ति भएको दाबी गर्नुभएको छ । जनताले विकल्प
खोजिरहेको भन्दै संसदवादी दलहरूको विकल्पमा राष्ट्रिय जनमोर्चा वैकल्पिक
शक्ति भएको उहाँको जिकिर छ ।
सत्तारुढ पुराना दलकै लय समात्ने रवि लामिछानेको पार्टी वैकल्पिक शक्ति
हुन नसक्ने महासचिव भट्टको जिकीर छ । “रास्वपा पुराना दलहरूको लयमा
हिँड्ने पार्टी हो, त्यो वैकल्पिक शक्ति हुन सक्दैन”महासचिव भट्टले
भन्नुभयो,“संसदवादी दलको विकल्प राष्ट्रिय जनमोर्चा हो ।”
महासचिव भट्टले गणतन्त्र आएको १८ वर्षमा १९ वटा सरकार परिवर्तन भएको
स्मरण गर्दै कुनैपनि सरकारले महंगी, भ्रष्टाचार र बेरोजगारी अन्त्य गर्न
पहल नगरेको बरु सत्ताकेन्द्रित स्वार्थको राजनीति मात्रै गरेको आरोप
लगाउनुभयो । सोही कारण जनतामा वितृष्णा र निराशा पैदा भएको उहाँको तर्क छ

महासचिव भट्टले गणतन्त्रको विकल्प राजतन्त्र नहुने र बहुदलीय व्यवस्थाको
विकल्प निर्दलीय व्यवस्था पनि हुन नसक्ने स्पष्ट पार्दै नयाँ जनवादी
गणतन्त्र स्थापना गर्ने अवस्था नभएसम्म वर्तमानमा प्राप्त उपलब्धिलाई
जोगाउनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा, अखिल
नेपाल महिला संघ केन्द्रिय महासचिव सकुन्तला राना, नेकपा (मसाल)का जिल्ला
प्रवक्ता पशुपति ढकाल, राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ
विष्ट, पाल्पाका अध्यक्ष विशाल दर्लामी, रुपन्देहीका अध्यक्ष टान बहादुर
के.सी., अखिल (छैठौं) का केन्द्रिय अध्यक्ष सुवास जि.सी., मूल प्रवाह
अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द थापा,
अन्तर्राष्ट्रिय नेपाली एकता समाज युयईका केन्द्रीय सदस्य कृष्ण भुसाल,
नेपाली एकता समाज दुवईका अध्यक्ष सुशील वि.क. र नेपाली एकता समाज कतारका
अध्यक्ष राम प्रसाद पराजुलीले पनि सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी.को
अध्यक्षता, राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेलको
स्वागत मन्तव्य र जिल्ला अध्यक्ष थम्मन के.सी.को सञ्चालनमा सम्पन्न
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले विभिन्न जनवादी गीत
र नृत्य सहितको बेजोड सांस्कृतिक प्रस्तुुती मार्फत दर्शकलाई भरपुर
मनोरन्जन दिएका थिए ।
राष्ट्रिय जनमोर्चाले पञ्चायतकालदेखि नै कोजाग्रत पूर्णिमाका दिन हरेक
बर्ष रानीगैरामा सांस्कृतिक जनसभा आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै