थोरै ठाउँबाहेक सबैतिर निरन्तर वर्षा, नदी र खोलामा बाढी

काठमाण्डाै – देशका थोरै ठाउँबाहेक सबैतिर निरन्तर पानी परिरहेको छ । केही ठाउँमा निकै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय नदी र खोलामा बाढी आएको छ ।

कपिलवस्तुको कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भागमा रहनेलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै सुनसरीको चतरा, तरहरा, मोरङको केराबारी, विराटनगर एअरपोर्ट, हरैचा, बाउने र आसपास ठूलो पानी परेको छ । सेउती, सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, चिसाङ, लोहन्द्रा खोलालगायत अन्य स–साना खोलामा आकस्मिक बाढी तथा होचो भागमा डुबानको जोखिम छ । ती क्षेत्रमा पनि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा, अर्चले, बल्ड्याङगढी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डण्डा, दुमकौली, सेमारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को देउराली नवल, रुपन्देहीको तिलोत्तमा, भैरहवा, लुम्बिनीको वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएको छ । ती क्षेत्र भएर बग्ने कालीगण्डकी नदी, तिनाउ नदी, निस्ती खोला, बिनइ नदी, मुकुन्डे खोला लगायत स–साना खोलामा आकस्मिक बाढीको जोखिम छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा भोलिबिहान सम्म नै सतर्कता अपनाउन भनिएको छ ।

सप्तरीको रूपनी बजार, बर्माजिया, उदयपुरको सुन्दरपुर र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको छ । त्रियुगा, मौली, खाडोखोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम छ । झापाको गौरादह, चण्द्रगढी, केचना, अनरमणी, इलामको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ । कन्काई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भागमा डुबानको जोखिम छ । भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सि आइतवार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने अनुमान छ । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ । यस्तै धान नकाट्न, अति आवश्यकबाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँ तलामा अन्नपात नराख्न, नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्ने र माछा मार्ने काम नगर्न पनि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img