४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज बेलुका ५ बजेभित्र दाबी पेश गर्न अस्ति शुक्रवार आह्वान गर्नुभएको थियो । आह्वान अनुसार एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा शुक्रवार नै प्रधानमन्त्रीका लागि दाबी पेश गरिसक्नुभएको छ ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । आज समय ढिला हुने भएकाले भोलि बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण कार्यक्रम हुने पनि प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

ओली चौथो पटक प्रधानमन्त्री हुन लाग्नुभएको हो । यसअघि उहाँ २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री बनिसक्नु भएको छ । नयाँ सत्ता समिकरण बनाएका कांग्रेस र एमाले पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न गृहकार्यमासमेत जुटेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै