२३ मंसिर २०८२, मंगलबार
२३ मंसिर २०८२, मंगलबार

मुकुल ढकाललाई सात दिनका लागि महामन्त्रीबाट निलम्बन गर्ने रास्वपाको निर्णय

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ । हिजो बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासनविपरीत काम गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ । ढकाललाई दिइएको निलम्बनको पत्रमा पार्टी अनुशासन विपरीत बैठकमा अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको उल्लेख छ ।

ढकालले भने आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएको तथा राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कारबाही भएको बताउनुभएको छ । हिजोको बैठकमा ढकालले ३९ जिल्लामा घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्नुभएको थियो । तर केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव अस्वीकृत गरेपछि उहाँ मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै