८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

देशभर साधारणदेखि पूर्णतया बदली, केही ठाउँमा आज पनि भारी

Workplace

काठमाण्डौ – देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र कोशी, मधेस, कर्णाली र सुदूपश्चिम प्रदेशका धेरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो पानी परिरहेको कपिलवस्तु, सल्यान, रोल्पा, जाजरकोट, हुम्ला, जुम्ला, बाजुरा, अछाम दार्चुला, डडेलधुरा, कैलाली, बर्दीया, स्याङ्जा, गुल्मी, म्याग्दी, लमजुङ लगायतका जिल्लामा रहेका खोला र नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै दोलखा र महोत्तरीमा पनि पानी परिरहेको छ । कैलालीको कान्द्रा नदीले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकोले त्यहाँ उच्च सतर्कता अपनाउन महाशााखले अनुरोध गरेको छ ।

यस्तै लमजुङ्गको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा भारी वर्षा भएकोले खुदी खोला लगायत यो क्षेत्र भइ बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । आज पनि बागमती र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशमा कही भारी र कही अति भारी वर्षा हुने पूर्वानुमान रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै