८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

भुमिकास्थान नगरपालिकाको बार्षिक स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिकिकरण

Workplace

हृदय भुसाल अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले आर्थिक बर्ष २०८१÷८२ का लागी गत असार १० गते नगरसभा बाट  स्वीकृत बार्षिक बजेट तथा कार्यक्रमको  सन्दर्भमा बुधवार नगरपालिकामा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
कृषि,पर्यटन,उधोग र रोजगार,समृद्ध भुमिकास्थान भन्ने मुख्य नारा र  दिर्घकालिन सोँचका साथ अगाडी बढेको नगरपालिकाको आगामी आर्थिक बर्षको ८६ करोड ८८ लाख ४७ हजार बरावरको बजेट पारित गरेको छ । स्वीकृत बजेट मुख्य निती तथा कार्यक्रमको वारेमा जानकारी दिदै नगरप्रमुख थापाले नगरपालिकाले उत्पादन,रोजागारी र आर्थिक बिकासलाई नै केन्द्र  भागमा राखेर बजेट बिनियोजन गरिएको बताए ।
नगरप्रमुख थापाले नगरपालिकाबाट पारित गरेको कुल बजेट मध्ये चालु तर्फ ५७ करोड १० लाख ६२ हजार अर्थात ६५.७३ प्रतिशत र पुजीगत तर्फ २९ करोड ७७ लाख ८५ हजार अर्थात ३४.२७ प्रतिशत बजेट निनियोजन गरेको जानकारी दिए । संघ बाट प्राप्त हुने बजेट बाहेक नगरलाई प्राप्त हुने संघ र प्रदेशको नि:शर्त बजेट र नगरको आन्तरिक आम्दानी गरि जम्मा २७ करोड ५७ लाख ८२ हजार बरावरको बजेट नगरसभा बाट पारित भएको हो ।
संघ र प्रदेशको निशर्त अनुदान र नगरपालिकाको आफ्नै आम्दानी समेतको कुल बजेटबाट तलव भत्ता,प्रशासनिक खर्च,बिधालय शिक्षक थप अनुदान समेतको बजेट घटाउदा बाकीँ हुन आउने बजेट १५ करोड १२ लाख बजेटबाट नगरपालिकाको आर्थिक,सामाजिक,पुर्वाधार बिकास बन तथा बातावरण तथा बिपत् क्षेत्र र सुशासन तथा संस्थागत बिकासको क्षेत्रमा बजेट निनियोजन गरेको नगरप्रमुख थापाले बताए ।
आगामी आर्थिक बर्ष २०८१÷८२ को खर्च ब्यहोर्ने मध्ये संघिय सरकार सशर्त अनुदान तर्फ ३५ करोड ५२ लाख ५६ हजार संघिय सरकार बित्तिय समानिकरण अनुदान तर्फ ११ करोड १६ लाख संघिय सरकारको राजश्व वाडफाड तर्फ १० करोड २ लाख संघिय सरकार तर्फ ५५ लाख संघिय सरकार समपुरक अनुदान तर्फ १ करोड प्रदेश सरकार सशर्त अनुदान तर्फ १ करोड १० लाख प्रदेश सरकार बित्तिय समानिकरण अनुदान तर्फ ७४ लाख ८२ हजार प्रदेश सरकार राजश्व बाडफाड तर्फ १ करोड ६० लाख प्रदेश सरकार बिशेष अनुदान तर्फ बजेबट प्राप्त नभएको प्रदेश सरकार समपुरक अनुदान तर्फ १ करोड ५ लाख प्रदेश सरकार नवप्रवद्र्धन म्याचिंग १ करोड आन्तरिक स्रोत तर्फ ७० लाख,बन रोयल्टीबाट १२ लाख ६६ हजार,बिधुत रोयल्टीबाट १५ लाख २२ हजार पानी तथा अन्य रोयल्टी १ लाख जेष्ठ नागरिक दिर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम १८ करोड ५० लाख सडक बोड तर्फको ५५ लाख र कर्मशिल जनशशक्तिबाट उत्पादित बस्तुको बिक्री बाट प्राप्त हुने आम्दानी १२ लाख गरि यसरी बिभिन्न शिर्षकमा बजेट बिनियोजन भएको नगर प्रमुख थापाले बताए ।
आगामी बर्षको बजेटमा नवप्रवद्र्धन कार्यक्रम,कर्मशिल कार्यक्रम स्वास्थ्य,शिक्षा कृषि पर्यटलाई महत्वका साथ अगाडी बढाउने निती ल्याईएको नगरउप्रमुख बालकृष्ण बन्जाडे बताए।
बार्षिक निती,कार्यक्रम बजेटलाई  समयमै प्रभावकारी रुपमा कार्यन्वयन गर्न सवै पक्ष एक भयर लाग्नुपर्ने प्रमुख प्रशासकिय जग्दिशचन्द्र नेपालीले बताए ।
पत्रकार सम्मेलनमा नगर उपप्रमुख बालकृष्ण बन्जाडे,प्रमुख प्रशासकिय अधिकृत जग्दिस चन्द्र नेपाली वडा नं ५ का अध्यक्ष,जयगोपाल श्रेष्ठ,वडा नं ६ का अध्यक्ष प्रेम बेल्वासे,योजना शाखा प्रमुख हरिसचन्द्र भुसाल,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल सहितको पत्रकारहरुको उपस्थितीमा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम नगरप्रमुख झविलाल थापाको अध्यक्षता,शेषकान्त घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै