दुग्ध किसानलाई भुक्तानीको प्रयास भइरहेको छ : नेपाल डेरी एसोसिएसन

काठमाण्डौ – नेपाल डेरी एसोसिएसनले दुग्ध किसानको भुक्तानी गर्न प्रयास गरिरहेको जनाएको छ । एसोसिएसनले आज विज्ञप्ति निकालेर चैत मसान्तसम्मको भुक्तानी लगभग सबैले गरिसकेका र दुई/चार जना बाँकी सदस्यको पनि चाँडै भुक्तानी हुने प्रतिबद्धता आएको जनाएको छ । किसानको चार अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिन बाँकी रहेको कुराले नै डेरी उद्योग सङ्गटमा रहेको प्रष्ट हुने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले कोही कसैको भुक्तानी गर्न बाँकी हुँदा किसानको मर्म र भावना बुझी यथाशक्य चाँडो भुक्तानी गर्न निर्देशन गरिसकेको पनि जानकारी दिएको छ । दुध बेचेको पैसा नपाएर किसान सडकमा आउँदा परेको अफ्ट्यारोमा दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्तो अवस्था आउन नदिन एसोसिएसनले सबै प्रकारका प्रयास जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

धुलो दुध र बटरको स्टकलाई धितो मानी सरल कर्जा उपलब्ध गराउने र दुग्ध पदार्थ निर्यातका लागि अनुदान उपलब्ध गराएमा किसानको सम्पूर्ण भुक्तानी चाँडै गर्न सकिने एसोसिएसनले जनाएको छ । भूकम्प, नाकाबन्दी, कोभिड जस्ता विपत्ति आउँदा पनि उद्योग र दुग्ध किसानको सम्बन्धमा कहिल्यै पनि यस्तो असहज परिस्थिति नआएको एसोसिएसनले स्मरण गराएको छ ।

किसानले उत्पादन गरेको दुध र उपभोगको अन्तर बढ्दै जाँदा उद्योगसँग रहेको धुलो दुध र बटरको मौजदात बढ्दै जाँदा अहिलेको दुःखद् परिस्थिति आएको डेरी एसोसिएसनले दाबी गरेको छ । आउँदो आर्थिक वर्षको बजेटमा नेपाल डेरी एसोसिएसनले दूग्ध पदार्थमा ५० प्रतिशत भ्याट रिबेट, प्याकेजिङ र स्पेयर पार्ट्समा एक प्रतिशत भन्सार दर, कृषि कर्जाको निरन्तरता, बिजुलीमा ५० प्रतिशत छुट लगायतका कुराको माग राखेकोमा केही पनि सम्बोधन नभएकाले उत्पादन लागत घटाउन असक्षम रहेको डेरीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

- Advertisement -spot_img
-Advertisement-spot_img