८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

पार्टी स्थापना दिबसको अबसरमा रास्वपा अर्घाखाँचीद्वारा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Workplace

हृदय  भुसाल अर्घाखाँची ।पार्टी स्थापना दिबसको अबसरमा रास्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची द्वारा सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सभापति हरि प्रसाद भुसालले स्थापना दिबसको अबसरमा सबैलाई सुभकामना व्यक्त गर्दै सोही अबसरमा पार्टीले भुमिकास्थानको बिधालयमा नि:शुल्क दन्त परिक्षण कार्यक्रम,रक्तदान कार्यक्रम सगै विभिन्न रचनात्मक कार्यक्रम सहित सुभकामना कार्यक्रमको आयोजना गरेको बताउनु भयो । सभापति भुसालले पार्टी स्थापनाको छिटो समयमै जनताले दिएको बिश्वास र मायाले थप उत्प्रेरणा मिलेको भन्दै अर्घाखाँची जिल्लाको बिकास निर्माण र विभिन्न चुनौतीहरुमा सबै राजनैतिक दल,संघसस्था संघ सहकार्य समन्वय गरेर अगाडि बढ्ने बताउनु भयो । नेपाली काग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले कार्यक्रममा बोल्दै आगामी निर्वाचनमा उदेश्य अनुसारको सफलता हासिलको लागी सुभकामना दिदै तमाम जनताले स्वतन्त्र पार्टीलाई नयाँ पार्टीले केहि गर्छ कि भन्ने आसामा भोट दिएको थियो तर त्यो नभएको बताउनु भयो । सभापति श्रेष्ठले बिगतमा गरेका प्रतिबद्धताहरु पूरा गर्ने गरि कसैलाई पनि काखा पाखा नगरी बिकृतीका विरुद्धमा अगाडि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एकिकृत समाजबादी अर्घाखाँचीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले स्थापना दिबसको अबसरमा सुभकामना व्यक्त गर्दै देश भ्रष्टाचारले आक्रान्त भएको भन्दै स्वतन्त्र पार्टी सरकार संचालनको महत्त्वपूर्ण ठाउँ भएको अबस्थामा सुशासन र बिकासको काममा लाग्नु पर्ने बताउनु भयो । अध्यक्ष चौहानले सकारात्मक सोचका साथ समृद्धि अर्घाखाँची निर्माणमा सबै एकताबद्व भयर जानू पर्ने बताउनु भयो। कार्यक्रममा बोल्दै रास्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष गोबिन्द बिसिले जनबिबिकाका सबाल र बिकृती र बेथितिका विरुद्ध अझ धेरै पार्टीले बुल्न्द आवाज उठाउनु पर्ने बताउनु भयो । कार्यक्रम क्षेत्रीय सभापति कमल मरासिनीको अध्यक्षता,अनिता भुसालको स्वागत मन्तब्य र प्रकाशराज आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै