अर्घाखाँची ।नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंह दरबार काठमाडौंकाे आयाेजनामा २०८१ असार १ गते मालारानी गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुकाे लागि गाउँसभामा कानुन तर्जुमा सम्बन्धी १ दिने अभिमुखीकरण तलिम कार्यक्रम अन्तरक्रिया र छलफल सहित सम्पन्न भएको छ । कार्यक्रममा
• स्थानीय तहकाे कानुन निर्माण सम्बन्धी आधारभूत जानकारी ; उपसचिव श्री श्रद्धा रिजाल
• स्थानीय कानुन निर्माण प्रक्रिया र प्रत्यायाेजित विधायन निर्माण गर्दा विचार गर्नुपर्ने कुराहरु ; शाखा अधिकृत श्री नवीन गर्ताैला
• कानुन निर्माणमा ध्यान दिनुपर्ने कुराहरु, देखिएका समस्या तथा सुधार गर्नुपर्ने कुराहरु ; सहसचिव श्री हुमबहादुर के. सी. ले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम मन्त्रालयका सहसचिव श्री हुमबहादुर के.सी. काे अध्यक्षता, मालारानी गापा अध्यक्ष दलबहादुर भट्टराईको प्रमुख आतिथ्यता, उपसचिव झइन्द्रप्रसाद गुरागाईंकाे स्वागमन्तब्य र निरा गिरिकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।पालिका अध्यक्ष दलबहादुर भट्राईले पालिकामा उक्त कार्यक्रम सञ्चालनकाे लागि पहल गरिदिनुहुने प्रतिनिधिसभा सदस्य माननीय बिजुला रायमाझीलाई पालिकाले हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
गाउँसभामा कानुन तर्जुमा सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया