१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

भूमिकास्थान:- विपद् व्यवस्थापन सम्बन्धि २ दिने तालिम सुरु

अर्घाखाँची ।  जिल्लाको भूमिकास्थान नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धि २ दिने युवा स्वयंसेवक परिचालन तालिम शुरु गरेको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धि युवा स्ययंसेवक परिचालन तालिमको भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख बालाकृष्ण बन्जाडेले उद्घाटन गर्नुभएको हो ।

साे अवसरमा मन्तव्य राख्दै नगर उपप्रमुख बन्जाडेले पछिल्लो समयमा युवाको विदेश जाने मोहले युवामा राष्ट्रिय भाव ह्रास हुँदै गएको बताउनुभयो ।

उहाँले युवाहरूले स्वदेशमै केही गर्न सक्छु भन्ने मनोबल लिएर मुलुकको रूपान्तरणमा आफ्नो महत्त्व बुझेर स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच राखेर अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, प्रशिक्षक लिल बहादुर बिक लगायतले बाेल्दै युवाहरुलाई अध्ययनसँगै सामाजिक क्षेत्रमा लाग्न र समाजमा आइपर्ने विपत्तिमा सक्रिय रुपमा लाग्न आग्रह समेत गर्नुभएको थियो।

शेषकान्त घिमिरे (ओसन) को सञ्चालनमा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल रेडक्रस साेसाइटी अर्घाखाँचीका कार्यक्रम संयाेजक राजेश पाण्डे, भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालका संयाेजक टेकराज भुसाल, विभिन्न शाखाका प्रमुखहरुकाे आतिथ्यता रहेको थियो।

२ दिनसम्म संचालन हुने तालिममा भूमिकास्थान नगरपालिकाका १० वटा वडाबाट ५० जना युवाहरुकाे उपस्थिति रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै