अशोक खनाल अर्घाखाँची ।सन्धिखर्क नगरपालिका वडा न.५ ले आफ्नो वडा बाट पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्क अर्घाखाँचीमा अध्यानरत छात्रा छात्रहरुलाइ एक कार्यक्रमका बिच छात्रवृत्ति बितरण गरेको छ २०७९ को स्थानीय निर्वाचनमा निर्बाचित भए पछि उक्त वडाले यो दोश्रो पटक छात्रवृत्ति बितरण गरेको हो आफ्नो वडा भित्रका विद्यार्थीहरुको उच्च मनोबल बढाउने तथा आर्थिक अभावका कारण उच्च शिक्षा लिन बाट बन्चित नहौन भन्ने उदेश्यका साथ यसरी छात्रवृत्ति बितरण गरिएको उल्लेख्य गर्दै उच्च शिक्षा अध्यापनमा केही राहत मिल्ने बिश्वास गरेको बताइएको थियो गत बर्ष १४ जना विद्यार्थीहरु लाई छात्रवृत्ति बितरण गरिएकोमा यो बर्ष २४ जना विद्यार्थीहरु लाई जनही नगद रु . ६०००( छ हजार ) का दरले छात्रवृत्ति बितरण गरिएको थियो ।
सन्धिखर्क नगरपालिका वडा न. ५ का वडा अध्यक्ष ऋषब अधिकारीको प्रमुख आतिथ्यतामा शुरु छात्रवृत्ति बितरण कार्यक्रममा वडा सदस्यहरु बसन्त कुमार कुमाल , साबित्रा बिक,कृष्ण भुसाल तुल बहादुर घर्ती वडा सचिव कुलदिप पोख्रेल ,सहायक क्याम्पस प्रमुख लक्ष्मण पोख्रेल, सह प्राध्यापक बाबुराम शर्मा पब्लिक क्याम्पस प्राध्यापक संघ पाणिनि बहुमुखी क्याम्पस इकाईका उपाध्यक्ष उत्तम मिश्र लगायत क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरु वडा न ५ घर भइ पाणिनि क्याम्पसमा अध्यान गर्ने विद्यार्थीहरु तथा नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम पाणिनि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बुद्धिराम भुसालको अध्यक्षता वडा सदस्य कृष्ण भुसालको स्वागत मन्तव्य तथा उपप्रध्यापक रामलाल भुसालको संचालनमा सम्पन्न भएको थियो ।
पाणिनि बहुमुखी क्याम्पसमा अध्यानरत स्नातक तहका विद्यार्थीहरु लाई छात्रवृत्ति बितरण
तपाईको प्रतिक्रिया