१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

एमाले अर्घाखाँचीको उपाध्यक्षमा पोख्रेलको वलियो संभावना

Workplace

नवीन केसी अर्घाखाँची ।नेकपा एमालेका नेता शम्भु प्रसाद पोख्रेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ ।
पार्टीको वलियो खम्बाको रुपमा स्थापित पोख्रेलले उपाध्यक्षमा उम्मेदवारी दिने भएपछि एमालेका कार्यकर्ता निक्कै उत्साहित भएका छन् ।
आठौं जिल्ला अधिवेशन बाट नेकपा एमालेको सर्वसम्मत उपसचिव चयन हुनु भएका उहाँले दुई बर्षको अबधिमा पार्टीलाई माथी पुर्याउन ठुलो योगदान पुर्याउनु भएको एमाले कार्यकर्ताको भनाई छ ।
२०३५ सालमा जनज्योती माध्यमिक बिद्यालयमा अनेरास्ववियू प्रा.क.को अध्यक्ष हुँदै सक्रिय राजनीतिमा प्रवेश गर्नु भएका उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी बन्नु भएको थियो ।
२०४२ सालमा त्रिचन्द्र क्याम्पस काठमाडौंको सचिव बन्नु भएका पाख्रेलले २०४६ सालको जनआन्दोलनमा सरिक हुँदा चरम यातना समेत व्यहोर्नु पर्यो ।
उहाँ २०४९ देखि २०५१ सम्म मुलुकको सबैभन्दा ठुलो क्याम्पस त्रिभुवन विश्वविद्यालयको सचिव भई काम गर्दा चर्चित विद्यार्थी नेताको रुपमा स्थापित हुनुभएको थियो ।
नेकपा एमालेको सातौं जिल्ला अधिवेशनमा सर्वाधिक मत ल्याई विजयी हुनुभएका उहाँले पार्टीलाई अप्ठ्यारो परेको समयमा सधै अग्र पङ्तिमा रहेर काम गर्नुभयो ।
पार्टी प्रदेश कमिटीको निर्णय र जिल्लाको योजना अनुसार भूकम्प पीडितको सहयोगको लागि २०८० माघ ५ गते देखि २२ गते सम्म रुकुम पश्चिमको बिकट क्षेत्र चौरधारी-११ र १२ मा जिल्लाका १५ जना स्वयंसेवक पार्टी कार्यकर्ताको नेतृत्व गर्दै पुग्नु भएका पोख्रेलले निक्कै अपठ्यारो परिस्थितिमा पनि काम गर्नु भएको थियो ।
जिल्लामा हुने हरेकखाले संघर्षमा उहाँको नाम सबैभन्दा पहिलो नम्बरमा आउने गर्छ । उहाँले अरु नेताले जस्तो कार्यकर्तालाई मुखले चिल्लो घस्नु हुन्न बरु परेको बेलामा ज्यान फालेर सहयोग गर्नु हुन्छ ।
पोख्रेल नेकपा एमालेको नेता मात्र नभएर सामाजिक रुपमा स्थापित व्यक्ति समेत हुनुहुन्छ । उहाँले नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची शाखा र लुम्बिनी प्रदेश समितिको अध्यक्ष तथा केन्द्रीय सदस्य समेत भएर काम गरिसक्नु भएको छ ।
गैरसरकारी संस्था अर्घाखाँचीको अध्यक्ष बनिसक्नु भएका पोख्रेलले जिल्लामा धेरै खानेपानीका आयोजना तथा झोलुङ्गेपुल निर्माण गरि जनताको मन जित्न सफल बन्नु भएको छ ।
जुझारु,साहसी र ईमान्दार नेताको छबि वनाउन सफल पोख्रेलले गएको कार्यकाल संगठन निर्माण तथा चुनाव केन्द्रीत बन्नु परेको स्मरण गराउँदै अबको कार्यकालमा कार्यकर्तालाई आय आर्जनमा जोड्दै संगठित,बलियो र एकता बध्द पार्टी बनाउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै