२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

निर्वाचन सम्म सत्ता समिकरण रहन्छ : एमाले नेतृ अर्याल

Workplace

हृदय भुसाल अर्घाखाँची । आगामी निर्वाचन सम्म अहिलेको नयाँ सत्ता समिकरण नै रहने एमाले केन्द्रिय कमिटी सचिब पद्मा अर्यालले बताईन् । नेकपा एमाले अर्घाखाँचीका नवौँ जिल्ला अधिबेशनको सनिवार सन्धिखर्कमा उद्घाटन गर्दे नेतृ अर्यालले यस्तो बताएकी हुन्  ।
पुर्व मन्त्री समेत रहेकी अर्यालले बिकास र समृद्धिका लागी देशमा दुई राजनैतिक शक्ति मात्र हुनु पर्ने भन्दै त्यसका लागी बामपन्थी र काँग्रेसको दुई लाईनको पार्टी भए देशमा राजनैतिक स्थीरता हुने बताईन् । नेतृ अर्यालले भनिन्‘मुलुुकको बिकासका लागी मुख्य ३ कुरा चाहिन्छ, दुरदर्शि नेतृत्व,शक्तिशाली  पार्टी,राजनैतिक स्थायित्व यो सवै कुरा एमाले पार्टी भित्र छन्,केही समय एमाले माथी घेराबन्दी भएपनी एमाले अगाडी बढ्यो,पछिल्लो समय राजनैतिक अराजकता मौलाएको छ,त्यसकारण पनि विदेशी शक्तिहरुले  समेत चलखेल गरेका छन्’।
नेकपा एमाले जनताको आकर्षणको पार्टी भए पनि आन्तरिक कारणले पार्टीले धेरै ठाउँमा हार ब्यहोर्नु परेको भन्दै अहिले पार्टीको आन्तरिक जिवनलाई सुढृढ बनाउनका लागी बिभिन्न कार्यक्रमहरु अगाडी बढाएको नेतृ अर्यालले बताईन् ।
पुर्व मन्त्री अर्यालले अगाडी भनिन,‘अव समृद्धिको गित गायर मात्र हुदैन्,गाउँ खाली हुन थालि सक्यो, दक्ष जनशक्ति  दैनिक जसो बिदेश पलायन भएका छन्,वाटो,बिजुली,स्वास्थ्य,शिक्षा गाउँमा त पुग्यो तर मान्छे छैनन् गभिर बन्ने बेला भएको छ,बिकासले केही गति लिए पनि जनताको जिवन स्तरमा समृद्धि ल्याउन सकिएको छैन् ,हामीहरुले परिवर्तन गरेको समाज लक्ष्य नभई सुधार मात्र हो,बलियो पार्टी र राजनैतिक स्थीरताले मात्र  लक्ष्य उदेश्यमा पुग्न सकिन्छ,अहिले मुलुकको अवस्था थप बिग्रन नदिन आजको मुलुकको भबिस्यका लागी हामीहरु सरकारमा सहभागी भई यसरी अगाडी बढेका छाँँै’
अधिबेशनमा पार्टी पोलिट ब्यरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री लिला गिरी ले अव सिद्धान्तलाई ब्यवहारमा जोडी सवै नेता कार्यकर्ता उत्पादनमा जोडिनु पर्ने भन्दै कृषि र पर्यटन बाट नै समृद्धि खोज्नु पर्ने बताए ।
नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुलाई सफल बनाउनका लागी पार्टी र  पार्टी बाट निर्वाचित जनप्रतिनिधीेहरुको बिचमा समन्वय र सहकार्य गरि निर्वाचनमा घोषणा गरेका प्रतिवद्धताहरु पुरा गर्नुपर्ने भन्दै जनताको जिवन स्तरमा परिवर्तन गर्ने गरि काम गर्नुपर्ने बताए ।
नेता गैरेले अधिबेशनले बिगतको कामको  समिक्षा,आगामी कार्ययोजना साथै राजनैतिक,बैचारिक सवाल संगै जिल्लाको बिकास निमार्णका सन्र्दभमा समेत अधिबेशनमा घनिभुत रुपमा छलफल हुनुपर्ने बताए ।
अधिबेशनमा पार्टी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेंल,पाटीै केन्दिय सदस्य तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्य,पार्टी केन्द्रिय  सदस्य बोम बहादुर बिकले उद्घाटन शत्रमा शुभकामना मन्तब्य व्यक्त  गरेका थिए । जिल्ला अध्यक्ष पिताम्वर भुसालले विगतमा ठुलो मेहनत गरि पार्टी लाई माथी उठाउन सफल भएको भन्दै पार्टीलाई अप्ठ्यारो  बेलामा धोका दिनेहरु यतिबेला अधिबेशनमा सलवलाउन खोजेको भन्दै सवै सचेत हुनुपर्ने बताए । पार्टी कामलाई आगामी दिनमा थप ब्यबस्थित गरि आगामी निर्वाचनमा सतप्रतिशत सफलता हासिल गर्ने गरि सबै एक भयर लाग्नु पर्ने अध्यक्ष भुसालले बताए ।
अधिबेशनमा भुगोल तथा बिशेष ईलाका शाखा,जनबर्गिय संगठन,आयोजक सहित ५ सय ६२ जना प्रतिनिधी रहने कार्यालय सचिव एबम प्रतिनिधि ब्यबस्थापन समितिका संयोजक लिल बहादुर बिकले बताए ।
अधिबेशनमा बिभिन्न मरोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती गरिएको थियो । अधिबेशनको अवसरमा भुकम्पको बेला राहत उद्धारमा पार्टीका तर्फबाट खट्नुहुने पार्टी उपसचिव शम्भु प्रसाद पोख्रेल,लिल बहादुर बिक लगायतका १४ जनालाई सम्मान समेत गरिएको थियो ।
उद्घाटन शत्र जिल्ला अध्यक्ष पिताम्वर भुसालको अध्यक्षता उपाध्यक्ष,इश्वरा पोख्रेलको स्वागत मन्तब्य र सचिव तोज वहादुर रायमाझीको संचालनमा सम्पन्न भएको अधिबेशन २ दिन सम्म चल्ने अधिबेशनले आगामी ३ बर्षका लागी नयाँ नेतृत्व चयन गर्ने एमालेले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै