२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न

Workplace

हृदय भुसाल अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा लागू औषध तथा अपराध नियन्त्रण सम्बन्धि अन्तरकृया कार्यक्रम शितगगा नगरपालिकाको ज्योति माबिमा सरोकारवाला हरुको बिचमा सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष एबम सहायक प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले सहजीकरण गर्दै सामाजिक तथा पारिबारीक मुख्य कारण रहेको भन्दै लागु औषधको परिचय, औषधका प्रकार/ कारण, निशेध तथा नियन्त्रण, लागू औषधका स्रोत,अबस्था चुनौती, लगायतका बीषयमा सहजीकरण गर्दै सबै सरोकारवालाले लागु औषध नियन्त्रणका लागि लाग्नु पर्ने बताउनु भयो । सहायक प्रजिअ पाध्याले सबै सरोकारवालाहरुले विशेष ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अथिती एबम नगर प्रमुख छबिलाल पौडेलले सिगो समाज परिवार लाई लागु औषधले निकै प्रभावित बनाएको भन्दै साथी संगत हरुको कारण कुलतमा फस्ने गरेकोले सबै सचेत हुनु पर्ने बताउनु भयो। कुलतमा लाग्ने हरुका लागि सचेत नागरिकले नियन्त्रण गर्नुपर्ने आगामी दिनमा नगरले लागु औषध नियन्त्रण लाई सुन्य बनाउनका लागी विशेष कार्यक्रमका साथ अगाडी बढ्ने समेत बताउनु भयो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीबक्ता तिलकराम लम्सालले लागू औषध यसको दुस्सप्रभाव र रोकथामका उपाएका सबालमा सहजीकरण गर्दै अर्थ,प्रकार दुर्ब्यशनि र कारण सगै सजायका विभिन्न प्रकार एबम लागु औषध नियन्त्रण ऐन २०३३ को बारेमा जानकारी दिनु भएको थियो । इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख रबिन्द्र चन्दले अपराधी असरहरु सेबन,डर धम्की,धाक बेचबिखन हत्या,अपरण जस्ता अपराधीक कारणहरु हुने बताउनु भयो । प्रहरी निरीक्षक चन्द समाजमा हुने सबै खाल्र अपराध जन्य  गतिविधि सबै मिलि न्यूनीकरण गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा  शितगगा वडा ४ अध्यक्ष दामोदर अधिकारी, पत्रकार महासंघ जिल्ला सहसचीव हृदय भुसाल, ज्योति माबीका निमित्त प्रधानध्यापक टल थापाले लगायतले  मन्तव्य  राख्नु भएको थियो । कार्यक्रममा विद्यार्थी सीता घर्ती,शिशिर घर्ती,अपेक्षा खनालले जिज्ञासाहरु समेत व्यक्त गरेका थिए । उक्त कार्यक्रममा वडा न ४का अध्यक्ष चिन्ताराज अधिकारी,उधोग बाणीज्य संघका अध्यक्ष, ज्योति भबिस्वर क्याम्पसका क्याम्पस प्रमुख बिष्णु भट्टराई जिल्ला प्रशासन कार्यालयका ओम श्रेष्ठ,दिपक खनाल लगायतको आथित्यता रहेको थियो । बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा शिक्षक, बुद्धिजिबि,पत्रकार प्रहरी अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम   सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षता, जिल्ला प्रशासनका कृष्ण ज्ञावलिको सचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै