९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

रास्ट्रिय महिला आयोगद्वारा सन्धिखर्कमा बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Workplace

अशोक खनाल अर्घाखाँची  । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य तथा अधिकारकर्मी बाबुराम पौडेलले बिध्यमान महिला हिम्सा सम्बन्धि बिषयमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए साहायक प्रजिअ पाध्यले समाजमा बिध्यमान रहेका सामाजिक कुरिती र महिला हिंसा बिचको सम्बन्ध ,नेपाल मा लैङ्िगक हिंसाको अबस्था, हानिकारक परम्परागत अभ्यास ,हानिकारक परम्परागत अभ्यास विरुद्धको साझा अभियान , हानिकारक परम्परा अभ्यासहरुको अन्त्यका लागी रास्ट्रिय कानुनी ब्याबस्था , निति तथा कार्य योजना ,बिध्यमान हानिकारक परम्परागत अभ्यासहरु ,प्रबाह गर्नुपर्ने सन्देश , बालबिबाह , बालबिबाह अन्त्यका लागि रास्ट्रिय रणनीति -२०७२ , बालबिबाहको असर ,उजुरी , हद म्याद ,सजाय ,प्रबाह गर्नु पर्ने सन्देश ,दाइजो , सजाय हद म्याद ,, प्रवाह गर्नु पर्ने सन्देश ,बोक्सी प्रथा , बोक्सी आरोप विरुद्धको कानुनी ब्याबस्था , उजुरी ,लिङ्ग पहिचान गरि गर्भपतन , गर्भपतन तथा भ्रुण हत्या विरुद्धको कानुनी ब्याबस्था ,सजाय प्रबाह गर्नु पर्ने मुख्य सन्देश लगायतका बिषयमा आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो साथै कार्यक्रममा अधिकारकर्मी बाबुराम पौडेलले अर्घाखाँची जिल्लामा महिला हिंसाको अवस्था , महिला शुरक्षाको लागि भएका प्रयास र अबको कार्यदिशा ,लैङ्िगकतामा आधारित हिंसा , लिङ्ग र लैगिकता , लैगिक भुमिका , मानसिक स्वास्थमा पर्ने असर ,उजुरी गर्न सक्ने र उजुरी गर्ने स्थानको बारेमा आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख कोइरालाको प्रमुख आतिथ्यतामा शुरु कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , उप प्रमुख मिश्रा आचार्य , प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री , सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य विभिन्न कार्यलयका प्रमुखहरु जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु अर्घाखाँची अस्पतालका प्रतिनिधि सन्धिखर्क नगरपालिका स्थित महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख विभिन्न सामाजिक क्षेत्रका अगुवा प्रतिनिधिहरु ,विभिन्न बिध्यालयका शिक्षक तथा विद्यार्थीहरु नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम रास्ट्रिय महिला आयोगको अध्यक्ष कमला कुमारी पराजुलीको अध्यक्षता तथा आयोगकी शाखा अधिकृत उषा गजुरेलको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै