![Workplace](https://presslumbini.com/wp-content/uploads/2022/11/hamro_banner_875x90.gif)
भारतमा जारी लोकसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने सम्भावना बढेको छ ।
यो चुनावमा भाजपाले चार सय सिटभन्दा धेरै ल्याएर संविधान संशोधनको समेत एजेन्डा अघि सारेको थियो । तर आज भइरहेको मतगणनाअनुसार भाजपा एक्लैले दुई सय ३३ सिटमा अग्रता लिएको छ । भाजपा नेतृत्वको ‘नेशनल डेम्रोक्र्याटिक अलाइन्स’ (एनडीए) ले भने दुई सय सय ९१ सिटमा अग्रता लिइरहेको छ ।
यस्तै भारतीय कांग्रेस एक्लै ९७ सिटमा अघि रहेको छ । कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले दुई सय ३५ सिटमा अग्रता लिएको छ । पाँच सय ४२ सिटका लागि भएको चुनावमा बहुमत हासिल गर्न दुई सय ७२ सिट आवश्यकता पर्छ । भारतीय निर्वाचन आयोगका अनुसार पाँच सय ४३ लोकसभा सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसक्नुभएको छ ।
मतगणनामा देखिएको अग्रताअनुसार भाजपा एक्लैले बहुमत ल्याउन नसक्ने देखिएको छ । यदि भाजपासँगै गठबन्धन गरेका एनडीएका साना दलले साथ छाडेमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको सरकार बन्न सक्ने आकलन पनि शुरु भएको छ ।
गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात वटा चरणमा गरी गएको शनिवार सकिएको थियो ।