१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

भुसालको निधनले बामपंथी आन्दोलनलाई आघात पुग्यो नेता :के सि

Workplace

माधव खनालअर्घाखाँची ।राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अर्घाखाँचीका अध्यक्ष ,अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष ,अखिल छैठौंका पुर्व केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व कोषाध्यक्ष इन्द्रमणि भुसाल र अखिल नेपाल यातायात मजदुर संघ जिल्ला सदस्य लक्ष्मण भुसालका बुवा एवं अखिल नेपाल शिक्षक संघका सदस्य हरु उषा खनाल र अन्जिता खनालका ससुराबुवा अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न ३ धारापानी रातामाटा निवासी स्वर्गीय ऋषिराम भुसालको नवौं दिनको पुण्य तिथि पारी राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाले बिहिवार आयोजना गरेको शोकशभा एवंम श्रद्धाञ्जली शभा लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसिले स्वर्गीय ऋषिराम भुसालको निधनले गर्दा आफ्नो पार्टी मात्रै नभएर सिङ्गो बामपंथी आन्दोलन लाई आघात पुगेको बताउनुभएको छ ।
साथै नेता केसिले स्वर्गीय भुसालको प्रेरणा र हौसलाको कारण आफू एवं उहाँको परिवार नै सिङ्गो बामपंथी आन्दोलन लागेको बताउनुभयो ।
यस्तै श्रद्धाञ्जली शभामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एवं भुमिकास्थान नगर प्रमुख झविलाल थापाले भुसाल को निधनले राष्ट्रिय जनमोर्चा भुमिकास्थानले एउटा कुशल अभिभावक गुमाएको बताउनुभयो साथै नेता थापाले स्वर्गीय ऋषिराम भुसालले बामपंथी आन्दोलन एवं पार्टीलाई पुर्याउनु भएको अतुलनीय योगदान को उच्च प्रशम्सा गर्दै उहाले देखाएको बाटोलाई अनुसरण गर्न सकेमात्र उहाँको आत्मले सान्ती पाउने कुरामा जोडदिदै उहाले देखाएको बाटोमा परिवार एवं सिङ्गो सङगठन लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रम अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्ण बन्जाडे ,अखिल नेपाल जनजाति सम्मेलनकि कार्यबाहक अध्यक्ष उषा पुन राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर अध्यक्ष हिमलाल बन्जाडे लगायत ले शोक मन्तव्य राख्नुभएको थियो ।भने कार्यक्रम स्वर्गीय भुसालका छोरा इन्द्रमणी भुसालको अध्यक्षता र राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर कमिटी सचीव भोजराज खनाल को सन्चालनमा सम्पन्न भएको थियो ।
स्वर्गीय भुसालका श्रीमती दुई छोरा- बुहारी ।तीन छोरी- ज्वाइँ एवं नातिनातिना हुनुहुन्छ ।
बिगत केही वर्ष देखि दमरोग बाट पीडित ऋषिराम भुसालको यहि जेष्ठ २ गते ७९ वर्षको उमेरमा उपचारको क्रममा सन्धिखर्कमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै