३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

Workplace

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । आज ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयसमक्ष दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गए राति प्रदेश प्रमुखले ४८ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । आज बिहान एमालेका हिक्मत कार्कीले नेपालको संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बहुमत सदस्यहरूको समर्थनसहित दाबी पेस गर्नुभएको थियो । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले हिक्मतकुमार कार्कीका समर्थक सांसदलाई भौतिक रूपमै उपस्थित गराएर सनाखत गराएपछि मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

हिक्मत कार्की यसअघि पनि दुई पटक कोशीको मुख्यमन्त्री बनिसक्नुभएको छ । यसअघि कोशी प्रदेश सभाको विशेष अधिवेशनले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो । कार्कीले विश्वासको मत लिन अस्वीकार गर्नुभएको छ । बरु असंवैधानिक तरिकाले आफूलाई हटाएर नयाँ सरकार गठनको आह्वान गरेको भन्दै केदार कार्कीले सर्वोच्चमा रिट दिने तयारी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै