३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा

Workplace

काठमाण्डाै – ‘अलेफ ग्रुप’ अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ ।

गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ । कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युब र डिस्प्लेलगायतका सेवासम्बन्धी सेवा प्रदान गर्नेछ ।

लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउनका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि विभिन्न सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

गुगलमा प्रयोगकर्ताले प्रत्येक दिन अर्बाैँ पटक विभिन्न कुरा खोजी गर्छन् । गुगल एडमार्फत विज्ञापनदाताले प्रयोगकर्ताका ती रुचि र आवश्यकताअनुसारका सूचना, उत्पादन र सेवाका माध्यमबाट उनीहरूसम्मको पहुँच स्थापित गर्नमा कम्पनीले सहयोगी भूमिका खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै