१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

अर्घाखाँची दक्षिण कोरिया सम्पर्क मंचद्धारा क्यालेन्डर बिमोचन तथा आर्थिक सहयोग हस्तान्तरण

Workplace

हृदय भुसाल अर्घाखाँची  ।अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा मालारानी गाउँपालिका वडा नं ४ सित निवासी मृगौँला पिडित प्रदिप नेपालीको उपचारका लागी एक कार्यक्रमका बिच अर्घाखाँची जिल्ला समन्वय प्रमुख जिवनाराणय कोईराला मार्फत पिडित प्रदिपका सहोदर दाजु प्रकाश नेपालीलाई नगद ६५ हजार रुपैया हस्तान्तरण गरिएको छ ।
प्रवासी भुमिमा हाम्रो एकता सबै जिल्ला वासिको प्रतिवद्धता भन्ने मुल नारा बोकेको मंचले जिल्ला बाट बिभिन्न पेशा,ब्यवसाय,रोजगार र अध्ययन गर्दे आएका अर्घाखाँची बासीको सहयोगमा एकमुष्ट रकम संकलन गरि रकम हस्तान्तरणका लागी पठाईएको सम्पर्क मंचका अध्यक्ष रुद्र  पौडेलले बताए । अर्घाखाँची घर भई कोरिया रहनु हुने हरुको बिचको एकता साथ सहयोग जिल्लाका बिकासका साथै सानो सानो सहयोगका लागी सधै एकता बद्ध नै भयर नै लागीरहने अध्यक्ष पौडेलले बताए ।
कोरिया सम्पर्क मंचले अर्घाखाँची जिल्लाको बिभिन्न धार्मिक तथा पर्यटकिय गन्तब्य सहित बिभिन्न जानकारी मुलक,सन्देश सहित २०८१ सालको भित्तेपात्रो सोही सन्दर्भमा जिल्ला समन्वय प्रमुख जिवनारायण कोईराला द्धारा नै बिमोचन तथा बितरण कार्य समेत गरेको छ । दुवै कार्यक्रमलाई सम्वोधन गर्दे जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालाले बिदेशी भुमि कोरियामा रहेर पनि अर्घाखाँची जिल्लाका बिभिन्न गतिबिधीहरुमा सधैँ साथ सहयोग रहदै आएको भन्दै सवै कोरियामा रहनेहरु प्रति धन्यवाद ज्ञापन गर्दे प्रमुख कोईरालाले बिदेशमा रहदा सिकेको ज्ञान,सिप र अनुभवलाई  स्वदेशी भुमिमा समेत प्रयोग गरि जिल्लाको बिकासमा सहयोग गर्नुपर्ने बताए ।
सम्पर्क मंचले बिपन्न दु:खी गरिवलाई उपचारका लागी सहयोग रकम हस्तान्तरण र जिल्लाको बिभिन्न सन्दर्भ सामग्री सहित महत्वपुर्ण क्यालेन्डर प्रकाशन गरि निकै राम्रो काम गरेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसालले बताए ।
अर्घाखाँची जिल्लाका बिभिन्न कृयाकलापहरुमा कोरियामा रहनु हुने दाजुभाई दिदिबहिनीहरुले गर्दे आएको साथ सहयोग निकै नै राम्रो भएको पत्रकार महासंघका  अर्घाखाँची जिल्ला अध्यक्ष अशोक खनालले बताए ।
कोरियामा रहेर जिवन बचाँउने अभियानमा सवै प्रति बिशेष धन्यवाद तथा  आभार ब्यक्त गर्दे पिडितको उपचारका लागी सवैले सहयोग गर्नुपर्ने लिल बहादुर बिकले बताए ।
मृगौला पिडितका दाजु प्रकाशले कोरीयामा रहनुहुने आर्थिक सहयोग गर्ने अर्घाखाँची बासी प्रति मेरो र सवै परिवारको तर्फबाट बिशेष धन्यवाद भन्दैँ उहाँहरुको यो कार्यको जति नै प्रसंसा गरे पनि कम हुने बताए ।
नवनिर्वाचित नयाँ कार्य समितीले महत्वपुर्ण कार्यहरु गर्न लागिरहेको उपाध्यक्ष मनोज पौडेलले बताए ।
उक्त कार्यक्रममा राजनैतिक तथा समाजसेवी ब्यक्तित्व जर्नादन खनाल,पुर्व मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,नेपाल पत्रकार महासंघका अर्घाखाँचीका जिल्ला अध्यक्ष अशोक खनाल लगायतको आथित्यता रहेको कार्यक्रमकमा अन्य सरोकारवालाहरुको समेत उपस्थिीती रहेको थियो । सन्धिखर्कको होटल बिन्दुमा भएको कार्यक्रम मंचका सम्पर्क ब्यक्ति  यमलाल खनालको अध्यक्षता मालारानी गाउँकार्यपालिका सदस्य एवम सामाजिक ब्यक्तित्व लिल बहादुर बिकको संचालनमा सम्पन्न भएको थियो ।

अर्घाखाँची स्थायी घर भई बिदेशी भुमि दक्षिण कोरियामा बिभिन्न पेशा ब्यवसाय,रोजगारी तथा अध्ययनका लागी वस्नु भएका अर्घाखाँची वासी एकताबद्ध भई संम्पर्क मंच गठन गरि बिभिन्न महत्वपुर्ण कार्य गर्दे आउनु भएको छ  । नेपाल र जिल्लाको बिकास र समृद्धिका लागी यहाँहरुले रेमिट्यान्स मार्फत र अन्य यस्तै–यस्तै सामाजिक कार्यहरु निकै नै प्रसंसनिय छन् । यस्ता कार्यहरुमा जिल्ला वासीको यहाँहरुलाई सधैँ साथ सहयोग रहन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै