
बिनोद खड्का मालारानी अगाडी बैशाख ३ गतेको दिन भब्य समारोहका बीच शान्ति माबी बागीले हिरक महोत्सव गर्न लागेको छ । ऐतिहासिक हिरक महोत्सवको पुर्बसन्ध्यामा हिरक महोत्सवको घोणीत कार्यक्रम अन्तरगत साबित वडाहरुको बिचमा भलिबल प्रतियोगिता कार्यक्रम गरिएको छ । भलिबलप्रतियोगिताको एक कार्यक्रमका बीच बिधालयका प्रधानध्यापक मान बहादुर पान्डेले गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन खेल शिक्षक बसन्त बहादुर खड्काले गर्नु भएको थियो । खेल उदघाटन कार्यक्रममा सहायक प्रधानध्यापक तारा प्रसाद भुसाल ,मुख्य रेफ्री नविन खड्का शिक्षकहरु मुनाल खड्का ,विकास कुवर,श्रवण कुमार राउत ,केशव खनाल , सुरेश मल्लाह , रोशन फुल्देल लगायतको उपस्थित भएको श्रवण राउतले जानकारि दिनु भएको छ ।