९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

आशाका किरण संस्थाको दोस्रो वार्षिक साधारणसभा तथा क्यालेन्डर विमोचन

Workplace

भालुवाङ २४ चैत । पुर्व शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले युवाहरूलाई बढी भन्दा बढी समाजसेवा तर्फ समर्पित हुन आग्रह गरेका छन् ।आशाका किरण संस्थाको शनिबार भालुवाङमा आयोजित दोस्रो वार्षिक साधारणसभा, क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

देश विकासको मेरूदण्ड युवा शक्ति भएकोले समाज विकासबाटै देश विकास हुने भएकाले युवा क्लव तथा संस्थाहरूलाई सामाजिक कार्यमा क्रियाशील हुन उनले आग्रह गरेका हुन् । संस्थाले हाल सम्म गरेको कार्यक्रम प्रति सम्मान गर्दै प्रमुख अतिथि चाैधरी समाजमा बढ्दो लागुऔषध दुर्वयशन विरूद्व सचेतना, बाल विवाह तथा बढ्दो कुसंस्कार, कुसंस्कृति अन्त्यका लागि पनि सचेतनामुलक कार्यक्रम गर्न सुझाव दिएका छन् ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको वार्षिक प्रगतिविवरण संस्थाका महासचिव लोकमणी भुसाल र आर्थिक प्रतिवेदन संस्थाका सदस्य शिवराज भुसालले प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा २०८१ सालको क्यालेन्डर विमोचन समेत गरिएको थियो ।

भने संस्थाको विभिन्न गतिविधिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसी, सल्लाहकार प्रेस संयोजक ओमप्रकाश गुप्ता र कार्यसमितिमा रहि बढी क्रियाशील रहेकी अस्मिता अधिकारीलाई संस्थाले सम्मानपत्र सहित सम्मान गरेको थियो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरूङ, सल्लाहकार दिलिप भुसाल, पत्रकार सन्तोष कुमार गुप्ता, संस्थाका सहयोगी मुकुन्द रोका, स्ववियु सभापति विष्णा भण्डारी (संगिता) लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै