नागरिक सहायता कक्ष’ सञ्चालन

पदम गैरे पाल्पा ।सेवा प्रवाहलाई सरल र सहज बनाउन ‘नागरिक सहायता कक्ष’ सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिकाले आफ्नो सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन ‘सहायता कक्ष’ सञ्चालनमा ल्याएको हो ।

नगरपालिकामा विभिन्न सेवा लिन आएका सेवाग्राहीलाई सरल ढङ्गबाट सेवा प्रवाह गर्न सहायता कक्ष सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सहायता कक्षमा एक जना कर्मचारीको व्यवस्था गरिएको छ । कर्मचारीले नागरिक आउने बित्तिकै के सेवा लिन आएको हो, सोधपुछ गरेर सहजीकरण गर्ने र आवश्यक सहयोग गर्नेछन् । यस्तै सहायता कक्षबाटै सेवाग्राहीले तीन कपी फोटोकपी सेवा निःशुल्क पाउने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । सहायता कक्ष नगरपालिकाको प्रवेशद्वारमै राखिएको छ ।

सेवाग्राहीले लिन चाहेको सेवा सहज र सरल रूपमा प्रदान गर्न सहायता कक्षले सहयोग पुर्‍याउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले धेरै महत्त्वपूर्ण सेवा दिएको छ तर सेवा कहाँ, कसरी, कहिले लिने भन्ने जानकारी नहुँदा सेवाग्राहीले अनावश्यक झन्झट र दुःख झेल्नुपर्ने अवस्थाको अन्त्य गर्न सहायता कक्षबाट सहजीकरण गर्न थालेका हौँ ।” सहायता कक्षबाट प्रदान गरिने सेवा सानो भएपनि यसले सेवाग्राहीलाई खुसी बनाउने नगरपालिकाले जनाएको छ ।

तानसेन नगरपालिकामा दिनहुँ पाँच सय बढी सेवाग्राही आउने गरेका छन् । तीमध्ये कुन कागजपत्रको फोटोकपी गर्ने, कुन कागजपत्र आवश्यक पर्ने, कुन सेवा कुन कक्षमा लिने भन्ने जानकारी नभएका सेवाग्राही आउने गरेका छन् । सामान्य जानकारी समेत नहुँदा सेवाग्राही आफैँले सास्ती बेहोर्नु परेको छ भने कार्यकक्षमा काम गरिरहेका कर्मचारीलाई सेवाग्राहीलाई सहयोग गर्दा नियमित काममा अवरोध आउने गरेको छ । त्यस्ता समस्याको समाधान गर्न नागरिक सहायता कक्ष प्रभावकारी बन्ने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । सेवाप्रवाहलाई सरल र सहज बनाउनका लागि नागरिक सहायता कक्षले सहयोग पुर्‍याउने उहाँले विश्वास गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img