९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

अनेमसंघ (समाजवादी) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लक्ष्मी भुसाल निर्वाचित

Workplace

लुम्बिनी । नेकपा (एकीकृत समाजवादी) निकट अनेमसंघ (समाजवादी) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लक्ष्मी भुसाल निर्वाचित हुनु भएको छ।                                बुधबार दाङको भालुवाङमा उमा काफ्लेको अध्यक्षतामा सम्पन्न दोस्रो सम्मेलनले भुसाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

भुसालको नेतृत्वमा ४१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको छ। संगठनको उपाध्यक्षमा मञ्जु कोइराला र ससमती चौधरीलाई चयन गरिएको छ। त्यस्तै सचिवमा विष्णुमाया थापा मगर, उपसचिवमा सरस्वती पोखरेल र कोषाध्यक्षमा पुष्पा भाटलाई चयन गरेको छ।

सम्मेलनमा पार्टी उपाध्यक्ष तथा संगठनकी केन्द्रीय अध्यक्ष जयन्ती राईको प्रमुख आतित्थ्यता रहेको थियो। पार्टीका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश कमिटी इन्चार्ज हरी पराजुली, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सोम प्रसाद पाण्डे, अनेमसंघकी केन्द्रीय उपाध्यक्ष राजेन्द्र लक्ष्मी गैर, लुम्बिनी प्रदेश कमिटी उपसचिव अब्दुल हुसेन खाँलगायतका नेताहरू विशेष उपस्थिति रहेको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै