हृदय भुसाल अर्घाखाँची l नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको आर्थिक बिकास,पर्यटन प्रवद्र्धन र स्थानिय रोजगारीका लागी अर्घाखाँची पर्यटन प्रवद्र्धन अभियान संचालन गरि नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डबाट उद्घाटन भई अभियान बिभिन्न प्रचारात्मक कार्यक्रम मार्फत अगाडी बढेको पत्रकार महासंघले जनाएको छ ।
अभियानको दोस्रो चरण अनुसार स्थानिय तह हरुले सिफारिस गरेका जिल्लाका मुख्य १९ गन्तब्य मध्ये बुधवार छत्रदेव गाउँपालिकाका मुख्य ३ गन्तब्य छत्रमहाराज मन्दिर,बल्कोट पौवा,कालिका देवी भगवती मन्दिर संग रहेका अन्य पर्यटकिय स्थानहरुमा पुगी स्थलगत रिपोटिङ्ग गरेको महासंघले बताएको छ ।
जिल्लाको मुख्य पर्यटकिय गन्तव्य बलकोट पौवा :
बलकोट पौवा छत्रदेव गाउँपालिका वाड २ मा रहेको बल्कोट पौवाको नामले चिनिने निक्कै कलात्मक पौवा हो । कलात्मक मात्र नभई यसको ऐतिकासिक महत्व पनि उत्तिकै छ । सवै भन्दा लामो पार्टी लामपार्टी अर्घाखाँची जिल्लाको महत्वपुर्ण पर्यटकिय गन्तब्य हो ।यो ठाउँमा तत्ककालिन प्रधानमन्त्री जंगबहादुर राणाको न्वारान भएको भन्ने किम्दन्ती भएको स्थानिय गोपिलाल खनालले बताए । जंगवहादुरका पिताबलानरसिँन्ह कुवर अर्घाखाँची भन्दा पश्चिमका क्षेत्रमा सैनिक अधिकृतमा कार्यरत रहेको बखत उनकी श्रीमती गर्भवती भईन यतीबेलाको चलन अनुसार हिड्दै जादै गर्दा बल्कोटभन्दा अलिकति पश्चिमतिर रहेको लामपाटी भन्ने ठाउँमा वास वसैकै वेलामा सुत्केरी भईन् । त्यसरी सुत्केरी भएको नवौँदिन सम्म तिनीहरु त्यही वसेकोे र १० औँ दिन बल्कोट पुगेको र औ दिनमा जंगबहादुरको सोही वलकोट पौवामा न्वारान भएको स्थानिय स्थानियले बताए ।
सोही समयमा अर्घाखाँची अर्थात यही क्षेत्रकै सनकसिंह टण्डन सेनाको माथिल्लै ततहमापुगिसेका थिए । उनकी उउटा बहिनी जंगवहादुरले बिवाह गरेका थिए बिंस १९०३ मा जंग बहादुर प्रधानमन्त्री बनेपछि कर्णेल सनकसिंह टण्डनले जंगवहादुरको ईतिहासलाई अमर बनाउन भन्दै आफुले स्थापना गरेको गुठी मार्फत जंगवहादुरको न्वरान भएको ठाउँ बल्कोट पौवा वनाउन लगाएको किम्वदन्ती रहेको छ । बल्कोट पौवा निमार्ण तथा त्यहा भएका सवै ईट्टाहरु भतmपुर बाट ल्याई कलात्मक रुपमा निमार्ण भएको देखिन्छ ।
यसलाई अझै ब्यवस्थित गरि गुठी समिती मार्फत पालिका मार्फत अगाडी वढाउन यस क्षेत्रकै महत्वपुर्ण धरोहरको रुपमा रहेको पर्यकटकिय गन्तब्यलाई धेरै धार्मिक पर्यटकिय बिकासमा लागेको छत्रदेव २ का वडा अध्यक्ष शंकर प्रसाद पाण्डेले बताए । ऐतिहासिक ठाउँ बलकोट पौवा आकर्षक र एकपट सवै घुम्न पर्ने ठाउँ भएको हुदाँ सवैले एकपटक अवलोकन गर्न मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष राजेश पन्थीले बताए । बलकोट पौवामा होमेस्टे संचालन गरि आउने आन्तरिक तथा वाह्य पर्यटक लाई प्रकृतीको आदन्दमय वातावरणमा वस्ने ब्यवस्था गर्न लागिएको वाड न ३ का वडा अध्यक्ष तेजुलाल खनालले बताए ।
कलात्मक रुपमा बिभिन्न ठाउँमा झ्यालढोका,टुडाल,बतासी,ढोका र अन्य निमार्ण भएको छ ।पौवापरिसर भित्र छोटो ऐतिहासिक कथन उल्लेख भएको कर्णेल सनकसिँह टण्डनको सालिक पनि रहेको छ । पौवा भएकै कम्पाउन्डभित्र परशुरामेश्वर मन्दिर पनि संगै छ । जहाँ दैनिक नित्य पुजाका साथै शिवरात्री,एकादशी र रामनवमी जस्ता बिशेष दिनहरुमा भजनकिर्तन सहित कार्यक्रमहरु हुने स्थानियले बताए । बलकोट पौवा पुग्दा सवैले रमाईलो र आनन्द महसुस गर्दछन् । जिल्ला र आसपास संगै नेपालका बिभिन्न क्षेत्रबाट दैनिक जसो पर्यटक हरु आउन थालेको स्थानियको भनाई छ ।
जिल्लाको मुख्य पर्यटकिय गन्तव्य छत्र महाराज मन्दिर
छत्रदेव महाराजको मन्दिर अर्घाखाँची जिल्लाको उतरपुर्वमा छत्रदेव गाउँपालिको वाड ५ मा अवस्थित रहेको छ । सोही मन्दिरको नामबाट यो पालिकाको नाम समेत रहन गएको छ । यसको ईतिहास महाभारतको युद्धसंग जोडिएको रोचक पनि छ । उल्कनगरी भनिने यसठाउँमा बर्वरिक राजा थिए । तिनले दशवटी देवीको कठोर तपस्या गरेर आफनो माग अनुसार युद्ध हार्नेलाई जित्ने र जित्नेलाई हार्ने बनाउन सक्ने वरदान प्राप्त गरेका थिए ।
महाभारतको युद्ध हुने थाहा पाएपछि बर्वरिक राजा त्यो हेनृका निम्ती कुरु क्षेत्रतर्फ प्रस्तान गरे । निमन्त्रणा नपाएरै पनि कुुरु क्षेत्रमा उपस्थित भएका उनलाई देखेर श्रीकृष्णले ब्रम्हाको भेष धारण गरिकन परिचय माग्दा आफुसँग त्रिशक्ति भएको वारवरिकले भनेको बताईन्छ । त्यसपछि महाभारत युद्धका लागी बारवारिकको टाउको युद्धका लागी मागियो । बारवारिकले टाउको श्रीकृष्णलाई दिए महाभारतको युद्धमा पाण्डवहरुले बिजय हाशिल गरे ।
पाण्डवहरुले आफनो बिजय भएको भन्ने सवालमा बिवाद हुदा श्रीकृष्णले वारवारिकको कारणले बिजय भएको पाण्डबहरुलाई भनेको ईतिहास छ । महाभारतको युद्ध सकिएपछि वरवरिक टाउकोलाई के के देख्यौँ त भनेर सोध्दा मैलेत युद्धमा श्रीकृष्णले बाणँ चलाएको र कालिमाताले रगत भुईमा चुहिन नदिई पिएको मात्र देखे सवै भुसुनाहरु उडेको र खसेको जस्तो लाग्यो भनेछन् ।
त्यसपछि पाण्डपहरुले सत्यकुरा थाहा पाएपोछी तिम्रो अन्तिम ईच्छा के छ भनेर सोध्दा मेरो आफनो उलुक राज्यमा गएर बस्न ईच्छा भनेपछि पाण्डवहरुले बरवरिक राजालाई सोही अनुसार पाण्डवहरुलाई वर्वरिकको शिर बोकाएर नेपालतिर पठाउछन् । वर्वरिरकको शिरले आफना पुर्व नित्य कर्महरुको अनुशरण गर्दे पहिलेकै ठाउँमा आयर आफुलाई बिश्राम दिएको भन्ने भनाई रहेको मन्दिरका पुजारी रमेश भट्टराई बताए ।
छत्रमहाराज मन्दिरको महाभारतमा समेत ईतिहास उल्लेख गरिएको हुदाँ लामो महत्वपुर्ण ईतिहास रहेको उक्त मन्दिरमा आई एकपटक दर्शन गर्नुपर्ने गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।
महाभारतको युद्ध संग समेत ईतिहास जोडिएको छत्रदेव गाउँपालिको छत्रमहाराज मन्दिरमा आयर पुजाआजा गरेपछि मनोकाच्छा पुरा हुने गरेको दर्शालु भक्तजनहरुले नै भन्ने गरेको र पटक पटक आउने गरेको गाउँपालिका उपाध्यक्ष मनि पन्थीले बताईन् ।
ऐतिहासिक छत्रमहाराजको बिकासको निम्ती आफुहरु निरन्तर लागीरहेको सोही वडाका अध्यक्ष बालकृष्ण पोख्रेल बताए । पहिले देखी नै यस मन्दिरमा दर्शालु भक्तजनहरु आउने गरेकोे वडा न ७ का वडा अध्यक्ष नारायण प्रसाद पाण्डेले बताए । नियमित पुजाँआजा आईवारका दिन मन्दिर खुल्ने त्यसवाहेक वडादशैँ,जेठेपुर्णिमा,चैतेदशैँ
निकै महत्वपुर्ण ईतिहास रहेको छत्रमहाराज मन्दिरमा आई अवलोकन गर्न स्थानियले आग्रह समेत गरेका छन् ।
जिल्लाको प्रमुख पर्यटकिय गन्तव्य :कालिकादेवी भगवती मन्दिरः
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वाड न ४ मा कालिका भगवती मन्दिर रहेको छ । महाभारतकालिन समयमा छत्रमहाराजले यिनै देवी भगवतीवाट वर पाएको भन्ने भनाई पनि रहेको छ । १८९८मा स्थापना भएको मन्दिरलाई कालिका भगवती महाराजकी कुलदेवी पनि भन्ने गर्दछन् । यो मन्दिरबाट बहुचर्चित अर्घाखाँची जिल्लाको कालिका नाँच,सराय नाचँ समेत निकाल्ने गरिन्छ । यो मन्दिरमा प्रत्येक आईतवार पुर्णिमा,नवदुर्गामा पनि पुजा गरिने पुजारी कविराज पौडेले बताए ।
पहिलेदेखी नै मन्दिरमा अवलोकन गर्न पुजाँ आजाँ गर्न गुल्मी पाल्पा बाट पनि आउने र भकंल गर्ने र मनोआकाच्छा पुरा हुने किमदन्ती रहेको मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष शोभाखर खनाल बताए । बिभिन्न चन्दा सहयोग मार्फत मन्दिरको बिकास गर्दे निकै आकर्षण बनाउन सफल भएको र सवै सरोकारवालाले बिकासमा थप सहयोग गर्नुपर्ने भन्दै सवैले एकपटक अवलोकन गर्नुपर्ने वडा नम्वर ४ का वडा सदस्य प्रकाश बन्जाडेले बताए ।
आज छत्रदेवका बिभिन्न ठाउँमा स्थलगत रिपोटिङ्ग गरिएको र पर्यटन प्रवद्र्धन अभियान निरन्तर रुपमा अगाडी बढ्ने पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताए ।
पर्यटनका लागी छत्रदेव
तपाईको प्रतिक्रिया