पदम गैरे पाल्पा । सभामुख देवराज घिमिरेले सरकारको स्थायित्वका लागि निर्वाचन प्रणालीबारे समीक्षा जरूरी रहेकाे बताउनुभएकाे छ । निर्वाचन प्रणालीका कारण पटक–पटक सरकार परिवर्तन हुँदा सरकार सञ्चालनमा अस्थिरता देखिएकाे बताउनुभयाे ।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको आयोजनामा शनिबार तानसेनमा भएको पत्रकार भेटघाटमा बोल्नुहुँदै सभामुख घिमिरेले एकै दलबाट बहुमत आउने गरी निर्वाचन प्रणालीबारे समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचन प्रणालीबारे सबै पक्षसँग बसेर आवश्यक निर्णय लिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पाल्पामा भएको सभामुखहरूको भेलाले सदन र सरकारलाई प्रभावकारी सभामुखहरूको भेलामा छलफल भएको बताउनुभयो । अन्तरव्यवस्थापिका भेलाले मुख्यतः कानुन बन्नुपर्ने विषय, बनेको कानुनको कार्यान्वयन र कार्यान्वयनमा देखिएका समस्याका बारेमा छलफल भएको उहाँले बताउनुभयो । उहाँले अन्तर व्यवस्थापिका मञ्चको भूमिकालाई बढाउन सबैको सहमति रहेको बताउनुभयो ।
केहीँ दिनअघि घिमिरेसहित पाल्पा आउनुभएका सभामुख, उपसभामुख, सचिव लगायतकाे टाेलीले पाल्पाकाे रानीमहल, भैरवस्थान, भगवती मन्दिर, पाल्पा दरबार संग्रहालयकाे अवलाेकन गरेकाे थियाे । घिमिरेले पाल्पाकाे पर्यटकीय स्थ्लकाे विकास गर्न आफूले सक्दाे पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले रणउजिरेश्वरी भगवती मन्दिर र भगवती जात्राकाे आफ्नै महत्व रहेकाले त्यसलाइ सरकारले अपनत्व लिनेबारे आफूले सम्बन्धित निकायलाइ सचेत गर्ने बताउनुभयाे ।
यसैबिच लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले अन्तरव्यवस्थापिका भेलाले पास गरेको सात बुद्धे पाल्पा घोषणापत्र सार्वजनिक गर्नुभएको छ । आउँदो भेला गण्डकी प्रदेश सरकारले आयोजन गर्ने गरी भेला सकएकाे छ । कार्यक्रम महासंघका अध्यक्ष रेखीराम रानाकाे अध्यक्षता र कार्यसमिति सदस्य कृष्ण पाेखरेलकाे संचालनमा भएकाे हाे ।
निर्वाचन प्रणालि बारे समिक्षा गर्ने परिस्थिति आयो: सभामुख घिमिरे
तपाईको प्रतिक्रिया