१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

अर्घाखाँची धारापानीका आगलागी पीडितलाई ढाकावाङ्ग-रुपन्देही समाजको आर्थिक सहयोग

अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले धारापानीका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ साविक ढाकावाङ्ग गाविसबाट विभिन्न सिलसिलामा रुपन्देही आएका बीच खाेलिएकाे समाजले धारापानीका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको हो।

बुधबार संस्थाका सह-सचिव टेकराज भुसालले वडा समिति र  सर्वपक्षीय बैठकबाट गठन भएको बिपत्त आर्थिक कार्यसमितिको नाममा रहेको खातामा जम्मा गर्ने गरि १० हजारको चेक भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ काे वडा कार्यालयमै पुगी वडाध्यक्ष कृष्णप्रसाद बन्जाडेलाई हस्तान्तरण गर्नुभएको हो।

चेक हस्तान्तरण गर्दै संस्थाका सह-सचिव भुसालले
संस्था भर्खरै स्थापना भएको बताउँदै थोरै भएपनि पीडितलाई राहत हाेस् भनी आर्थिक सहयोग उपलब्ध गराएको बताउनुभयाे।

त्यस्तै वडाध्यक्ष बन्जाडेले विभिन्न सरकारी, गैरसरकारी संघसंस्था तथा व्यक्तिहरुबाट संकलित राहत एकद्वार प्रणाली मार्फत सबैपक्षको समन्वयमा वडा समिति मार्फत न्यायाेचित रुपमा पीडितहरुलाई हस्तान्तरण गर्ने बताउनुभयो।

बैशाख ८ गते दिउसो भूमिकास्थान-३ काे रातामाता जंगलबाट लागेकाे आगाे रातामाटा, जाबुनडाँडा, बाजाखर्क र भूमिकास्थान -४ काे फलामखिल्ली लगायतका बस्तीमा पस्दा ३० घर/ गाेठ जलेर नष्ट भएका छन्। ती मध्य १२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (25%)
  • अचम्मित (75%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै