८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

क्याम्पस स्तरउन्तीका लागी संचालित महायज्ञ भब्य रुपमा सम्पन्न

Workplace

हृदय भुसाल अर्घाखाँची ।  क्याम्पसको स्तरउन्नति,सर्वाङ्गीण बिकासका साथै पर्यटन प्रबर्द्धनका  लागी ज्योती भबिश्वर क्याम्पसको आयोजनामा आयोजित महायज्ञ भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।
शितगंगा नगरपालिको ऐतिहासिक नगरी डमरु दहको काखमा नयाँ बर्षको पहिलो दिन सुरु भएको महायज्ञ   ९ दिन सम्म संचालन भएको महायज्ञ सवै सरोकारकालाहरुको साथ सहयोग र आम सितगंगाबासीको उपस्थितीमा उल्लासमय बातावरणमा सम्पन्न भएको क्याम्पस प्रमुख बिष्णु भट्टराई बताए ।
देशकै ठुलो नगरपालिका सितगंगा नगरपालिका भौगोलिक बिकटताका कारण अझै पनि धेरै बिकास हुन सकिरहेको छैन् । एक वडा बाट अर्को वडा र पालिकाको केन्द्र  सम्म पुग्न पनि थुप्रै समय लाग्ने जिल्लाको आधा भन्दा धेरै भुभागमा भएको उक्त  नगरपलिकाको केन्द्र ठाडामा पर्दछ ।सोही स्थानमा बि.स २०६९ सालमा त्रिभुवन बिश्वबिधालयबाट अनुमति लिई स्थापना भएको उक्त क्याम्पसमा शिक्षा तथा ब्यवस्थापन संकायका विभिन्न बिषहरु अध्यापन  हुदै आएको छ ।
नगरपालिकाको एक मात्र ज्योति भबिश्वर क्याम्पसले क्याम्पस संचालन लागी गरिएको महायज्ञमा बाजा गाजाँ,नाचँगान कलश यात्रा,भजनकिर्तन,बिभिन्न कलाकारद्धारा धार्मिक नाटकका साथै बिबिध सांस्कृतिक प्रस्तुतीहरु,स्थानिय कला संस्कृतिहरु  समेत प्रस्तुत गरिएको थियो ।
ऐतिहासिक महत्व र प्राकृतिक मनोमोहक दृश्य रहेको ठाडाको डमरु दहमा भब्य कार्यक्रमका बिच उद्घाटन भएको महायज्ञ ९ दिन सम्म उल्लासपुर्ण रुपमा संचालन भएको हो ।
महासयज्ञको नयाँ बर्षको सुवअवसरमा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे उद्घाटन गरेको थिए  । भने समापन नेपाल सरकारको पुर्व सहरी बिकास मन्त्री एवम प्रतिनिधी सभा सदस्य मेटमणि चौधरीले गरेका थिए । उद्घाटन  र समापनका बिचमा लुम्बिनी प्रदेश सरकारमा मुख्य मन्त्री जोख बहादुर महरा,प्रदेश सरकारका अर्थ मन्त्री चेतनारण आचार्य,जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला,नगरप्रमुख छविलाल पौडेल,उपप्रमुख गिता भाट,प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा लगायतका जनप्रतिनिधी,राजनैतिक दलका नेताहरु,शैशिक तथा धार्मिक ब्यक्तित्व,उच्चपदस्थ ब्यक्तीत्वहरुले  महायज्ञको अवलोकनका साथै क्याम्पस निमार्ण तथा बिकासका सन्दर्भमा महत्वपुर्ण प्रतिबद्धताहरु व्यक्त  गरको थिए ।
बिभिन्न ठाउँहरुमा महायज्ञ संचालन गर्दे आएको मानवसेवा फाउन्डेशनका प्रमुख बिजय कृष्णमुर्ती जी महाराजले यश महायज्ञमा पनि प्रमुख बाँचकको रुपमा महत्वपुर्ण भुमिका खेलेका थिए । महायज्ञका सवै कार्यक्रमहरु उल्लासमय तवरले संचालन भएको भन्दै प्रमुख कथाबाचक बिजयकृष्ण मुर्तिले भने,‘हामीहरु मानवसेवा,सामाजसेवाको अभियान्ता हौं ,महिले कुनै पारिश्रमिक लिएको छैन्,क्याम्पसको बिकासका लागी बरु आफै सहयोगगरेको छु,भोलीका दिनमा पनि सहयोग गर्न प्रतिबद्ध छौँ’।
महायज्ञको अवधीभर बिहान,दिउसोँ,साझ बिभिन्न खालका कथा बाचँन,भजन किर्तन,आरती साथै बिवाह,व्रतबन्ध,रुद्री, ग्रहशान्ती,चौरासीपुजा,तुलादान,लक्ष्य पुजा,समेत महायज्ञमा गरिएको मानव सेवा फाउन्डेशनका बिष्णु थापाले बताए ।
महायज्ञमा अर्घाखाँची जिल्ला र बिशेषगरि शितगंगा नगरपालिका क्षेत्रका बिभिन्न शक्तिपिठहरुको आरती,दिब्य कलश पुजन,स्थानिय जातजातिको झाँकी प्रदर्शन,बिशिष्ट ब्यक्तित्वहरुलाहरु स्वागत तथा सम्मान,कन्या पुजन,धन्याञ्चल पर्वत तथा अन्य पुजाँ,जेष्ठ नागरिक तथा एकल नागरिकलाई सम्मान,बिभिन्न संघ संस्थाहरुलाई संम्मान,गर्नुका साथै धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्न महायज्ञ सफल भएको  क्याम्पस संचालक समितीका अध्यक्ष कुमार केशव बेल्वासेले बताए ।
क्याम्पसको अलपत्र अबस्थामा रहेको आठ कोठे भवनको निमार्णका लागी ८ जनाले प्रतिबद्धता गरेको र अन्य साझा प्रतिबद्धताहरु समेत भएको क्याम्पस संचालन समितीका उपाध्यक्ष काशिराम आचार्यले बताए ।
आम्दानी र खर्चको बिवरण संकलन अन्तिम अवस्थामा पुगेको र समिती बाट बैठक वसी आम्दानी खर्च बाहिर प्रस्तुत गरिने आर्थिक समितीका संयोजन लक्ष्मण पन्थीले बताए ।
महायज्ञमा सहयोग गर्ने चन्दादाता,जग्गा दाता,जिन्सी,कलाकार,मानवसेवा फाउन्डेशनको टिम,बिभिन्न संघ संस्थाहरुलाई स्वागत तथा संम्मान गरिएको थियो ।  बिभिन्न कार्यमा सहयोग गर्ने महायज्ञ संचालनका लागी आबश्यक कथाबाचन तथा सांगितिक प्रस्तुती र भजनकिर्तन आरती सहित महायज्ञको प्राबिधिक ब्यवस्थापन मानवसेवा फाउन्डेशन काण्ठमाण्डौैँको टिमले निकै प्रभावकारी रुपमा सम्पन गरेको क्याम्पसले जनाएको छ । महायज्ञमा धेरै सहयोग र अबलोकन समेत गरेका थिए ।
  महायज्ञमा जनप्रतिनिधि,राजनीति दल,कर्मचारी,पत्रकार शैक्षिक ब्यक्तित्व, बुद्धिजिबि तथा बिभिन्न संघ संस्थाहरुको साथ सहयोगबाट भब्य रुपमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै